सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

साप्ताहिक सञ्जालको अध्यक्षमा तिमिल्सिना


  •    न्युजभित्तो/७ मंसिर २०७६, शनिबार २१:१६ 
  • चितवन । चितवनबाट प्रकाशित हुने साप्ताहिक पत्रिकारहरुको संस्था “साप्ताहिक सञ्जाल नेपाल चितवन” को अध्यक्षमा टिकादत्त तिमिल्सीना निर्विरोध निर्वाचित हुनु भएको छ । शनिबार भरतपुरको आँपटारीमा सम्पन्न सञ्जालको तेस्रो अधिवेशनले तिमिल्सीनाको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

    समितिको सदस्यहरुमा राजेन्द्र आचार्य, सूर्य बराल, शान्ता अधिकारी, हरिप्रसाद उप्रेती, सन्तोषसिंह देवकोटा, हरि कार्की, दिपक पौडेल र नविनबाबु मरहठ्ठा रहनु भएको छ ।

    सञ्जालको पहिलो बैठकले कार्यविभाजन गर्ने जनाईएको छ । त्यस्तै अधिवेशनले अबको २५ दिनभित्र सञ्जाल दर्ता गर्ने निर्णय गरेको छ ।

    अधिवेशनको उद्घाटन सत्रमा नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडाले साप्ताहिक पत्रिकाहरु समयसँगै परिवर्तनशील हुनुपर्ने बताउनुभयो । पहिले मिसन पत्रकारिताको रुपमा सुरुआत भएको साप्ताहिक पत्रिका अबको दिनमा समृद्धि र विकास निर्माणसँग जोडिनुपर्ने उहाँले बताउनुभयो ।

    कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सृजना अर्याल, प्रेस संगठनका केन्द्रीय सदस्य सुरेशचन्द्र अधिकारी, नेपाल पत्रकार महासंघ ३ नम्बर प्रदेश सदस्य कोमचन्द्र भगत, नेपाल पत्रकार महासंघ चितवनका उपाध्यक्षद्वय नारायण अधिकारी र शान्ता अधिकारी, प्रेस संगठन चितवनका नेता प्रकाशमणि ज्ञवाली, प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाल, क्रान्तिकारी पत्रकार संगठन चितवनका अध्यक्ष होमनाथ न्यौपाने, घर जग्गा व्यवसायी संघ चितवनका अध्यक्ष बाबुराम अधिकारी, जलदेवी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष केशवबहादुर थापा, स्याउली बजार टोल सुधार समितिका अध्यक्ष राकेशमान श्रेष्ठलगायतले मन्तव्य राख्नु भएको थियो ।

    कार्यक्रममा महासचिव राजेन्द्र आचार्यले प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष हरि कार्कीले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । नवराज ढकालको अध्यक्षतामा भएको उद्घाटन सत्रमा उपाध्यक्ष टिकादत्त तिमिल्सीनाले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो भने उपाध्यक्ष सूर्य बरालले स्वागत मन्तव्य राख्नु भएको थियो ।

    चितवनको पत्रकारिताको शुरुवाती अवस्थामा साप्ताहिक पत्रिकाहरुको महत्वपूर्ण योगदान रहेको छ । जिल्लाका धेरैजसो अग्रज पत्रकारहरुले साप्ताहिक पत्रिबाट नै पत्रकारिता शुरु गर्नुभएको हो । हाल जिल्लामा एक दर्जनभन्दा बढी साप्ताहिक पत्रिका नियमित प्रकाशित हुँदै आएका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.