सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

धार्मिक पर्यटन प्रवर्द्धन र सनातन धर्मलाई युवापुस्तासँग जोड्नुपर्नेमा मन्त्री तामाङको जोड


  •    न्युजभित्तो/३ मंसिर २०८३, बुधबार ०८:२५ 
  • रत्ननगर, १ मंसिर । वाग्मती प्रदेश सरकारका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङ (ज्ञानु जङ्ग लामा) ले धार्मिक क्षेत्रलाई पर्यटनसँग जोड्दै यसको संरक्षण, प्रवर्द्धन र विकास गर्न आवश्यक रहेको बताउनुभएको छ ।

    मंगलबार रत्ननगरस्थित हरिहर मन्दिरअन्तर्गत सञ्चालित हरिहर संस्कृत गुरुकुलमको निरीक्षणका क्रममा मन्त्री तामाङले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणसँगै तिनलाई पर्यटन प्रवर्द्धनको माध्यम बनाउनुपर्ने बताउनुभएको हो । उहाँले धार्मिक क्षेत्रको महत्त्व र पहिचानलाई पर्यटकीय गतिविधिसँग जोड्न सके स्थानीय क्षेत्रको विकासमा समेत योगदान पुग्ने धारणा राख्नुभयो ।

    निरीक्षणका क्रममा मन्त्री तामाङले गुरुकुलमको शैक्षिक तथा धार्मिक गतिविधिबारे जानकारी लिनुभएको थियो । साथै, विगत आर्थिक वर्षमा सामाजिक विकास मन्त्रालयबाट प्राप्त बजेटबाट निर्माण गरिएको धर्मशालाको समेत अवलोकन गर्नुभयो ।

    उहाँले गुरुकुलमले धार्मिक तथा सांस्कृतिक शिक्षा संरक्षणमा पुर्‍याउँदै आएको योगदान महत्त्वपूर्ण रहेको उल्लेख गर्दै आगामी दिनमा पनि आफ्नो मन्त्रालयका तर्फबाट सम्भव भएसम्म सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    उक्त अवसरमा उद्योग वाणिज्य संघ रत्ननगरका अध्यक्ष शंकर गिरी, मन्दिरका अध्यक्षलगायत धार्मिक तथा सामाजिक क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

    यसैगरी, भरतपुर स्थित आदर्श गृह नेपालको आयोजनामा भवन निर्माणका लागि भइरहेको सप्ताह ज्ञान महायज्ञमा मन्त्री तामाङ प्रमुख अतिथिका रूपमा सहभागी हुनुभयो । कार्यक्रममा मन्तव्य राख्दै उहाँले सनातन हिन्दु धर्म र संस्कृतिलाई नयाँ पुस्तासँग जोड्न आवश्यक रहेको बताउनुभयो ।

    उहाँले धर्म र संस्कृतिका मौलिक मूल्य, मान्यता तथा परम्परालाई युवा पुस्तामाझ पुर्‍याउन सके यसको संरक्षण र निरन्तरतामा सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो । धार्मिक तथा सांस्कृतिक गतिविधिले समाजमा नैतिकता, सद्भाव र सामाजिक एकता कायम गर्नसमेत भूमिका खेल्ने उहाँको भनाइ थियो ।

    आदर्श गृह नेपालको भवन निर्माणका लागि आयोजित सप्ताह ज्ञान महायज्ञको सफलताको कामना गर्दै मन्त्री तामाङले यस्ता सामाजिक तथा धार्मिक अभियानले संस्थागत विकास र समुदायको हितमा योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।

    दुवै कार्यक्रममा मन्त्री तामाङले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण, गुरुकुल शिक्षाको प्रवर्द्धन र सनातन संस्कृतिलाई नयाँ पुस्तासम्म पुर्‍याउनुपर्ने आवश्यकतामा जोड दिनुभएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    धार्मिक पर्यटन प्रवर्द्धन र सनातन धर्मलाई युवापुस्तासँग जोड्नुपर्नेमा मन्त्री तामाङको जोड
    चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो
    गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान
    • सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    • भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह
    • मकै र भटमासको मूल्य बृद्धि: पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
    • चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.