आविष्कार केन्द्रको अवलोकन गर्दै मन्त्री तामाङले भने– आविष्कारको युगमा प्रदेश सरकारले सहयोग गर्छ
न्युजभित्तो/४ मंसिर २०८३, बिहीबार ०९:५७
भरतपुर, ३ मङ्सिर । वाग्मती प्रदेश सरकारका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङ (ज्ञानु जङ्ग लामा) ले चितवनको भरतपुरमा स्थापना भएको आधुनिक नेपाल नवआविष्कार केन्द्रको निरीक्षण तथा अवलोकन गर्नुभएको छ ।
आजको २१औँ शताब्दी आविष्कार र प्रविधिको युग भएको उल्लेख गर्दै मन्त्री तामाङले नयाँ सोच, सिर्जनशीलता र प्रविधिमा आधारित आविष्कारलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो । उहाँले नवप्रवर्तनले समाजको विकास र समृद्धिमा महत्वपूर्ण योगदान पुर्याउन सक्ने भन्दै यस्ता केन्द्रको स्थापना तथा सञ्चालनलाई प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो ।
निरीक्षण तथा अवलोकनका क्रममा मन्त्री तामाङले आधुनिक नेपाल नवआविष्कार केन्द्रको विकास र विस्तारका लागि वाग्मती प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले आविष्कार तथा अनुसन्धानका क्षेत्रमा काम गर्ने व्यक्ति र संस्थालाई राज्यले प्रोत्साहन गर्नुपर्ने बताउँदै यस्ता सिर्जनात्मक प्रयासलाई अगाडि बढाउन प्रदेश सरकार सकारात्मक रहेको उल्लेख गर्नुभयो ।
मन्त्री तामाङले नयाँ प्रविधि र आविष्कारलाई व्यवहारमा उतार्न सके समाजका विभिन्न क्षेत्रमा देखिएका समस्या समाधान गर्न सहज हुने धारणा राख्नुभयो । आविष्कार केन्द्रले स्थानीयस्तरमा उपलब्ध स्रोत, साधन, सीप र प्रविधिको उपयोग गर्दै नयाँ सम्भावनाको खोजी गर्न महत्वपूर्ण भूमिका खेल्न सक्ने उहाँको भनाइ थियो ।
निरीक्षण कार्यक्रममा नेकपा (एमाले) का नेता एवं वाग्मती प्रदेशका पूर्वप्रदेशसभा सदस्य विजय सुवेदीलगायत विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा केन्द्रका गतिविधि, उद्देश्य, सम्भावना तथा आगामी योजनाका विषयमा समेत छलफल भएको थियो ।