सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एनएमबी बैंकको आयोजनामा २१३ जनाको निःशुल्क स्वास्थ्य परीक्षण


  •    न्युजभित्तो/४ मंसिर २०७६, बुधबार १६:५५ 
  • नारायणगढ । एनएमबी बैंकको नारायणगढ शाखा र सेन्ट्रल हस्पिटल भरतपुरको संयुक्त आयोजनामा भएको निःशुल्क स्वास्थ्य शिविरमा २१३ जनाले सेवा लिएका छन् । भरतपुर महानगरपालिका वडा नं. २ देवकोटाचोकमा बुधबार आयोजित शिविरमा १४२ जना महिला र ७१ पुरुषको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको हो ।

    बैंकका नारायणगढ शाखा प्रबन्धक विष्णु पौडेलका अनुसार कार्यक्रममा सेन्ट्रल हस्पिटलका हार्डजोर्नी रोग विशेषज्ञ डा. सुशील थापा र फिजिसियन डा. नवराज अधिकारीले स्वास्थ्य परीक्षण गर्नुभएको थियो ।

    स्थानीय ९७ वर्षिया पवित्रा देवकोटाको स्वास्थ्य परीक्षण गरी कार्यक्रम शुभारम्भ गरिएको थियो । सो अवसरमा आवश्यक औषधि समेत निःशुल्क वितरण गरिएको थियो ।

    बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रम आयोजना गरेको हो । यस अघि पनि बैंकले विभिन्न सामाजिक कार्य गर्दै आएको प्रबन्धक पौडेलले जानकारी दिनुभयो । एनएमबी नेपाल राष्ट्र बैंकबाट क वर्गको ईजाजत प्राप्त वाणिज्य बैंक हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ
    नारायणी सिँचाइ: जामुनीमा ब्यारेजमा ‘अटोमेसन गेट’ निर्माण अगाडि बढ्यो
    स्याउका बोट सेताम्मे
    • सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
    • अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा विदेशस्थित नेपाली नियोगमा विविध कार्यक्रम
    • पेट्रोलियम पदार्थको मूल्यवृद्धि
    • कीर्तिमानी आरोही श्रेष्ठको सगरमाथा मोह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.