चितवन सेरोफेरो

रङ्गशाला निर्माणका लागि सहयोग जुट्दै, उवासंघ चितवनद्वारा ५५ लाख सहयोग

चितवन । धुर्मुश सुन्तली फाउण्डेसनको अगुवाइमा चितवनको रामपुरमा निर्माण हुन लागेको गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाका लागि उद्योग वाणिज्य सङ्घ चितवनले रु ५५ लाख ५५ हजार ५५५ को चेक हस्तान्तरण गरेको छ । सङ्घका अध्यक्ष सहनलाल प्रधानले फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेललाई...

रत्ननगरमा छाडा चौपाया राख्नका लागि कान्जिहाउस बनाइँदै

चितवन । रत्ननगर नगरपालिकाले छाडा चौपाया राख्नका लागि कान्जिहाउस निर्माण अन्तिम चरणमा पुर्याएको छ । रत्ननगर नगरपालिका–१६ भूतियाखोलाको छेउमा कान्जिहाउस निर्माण गरिएको हो । नगरपालिका प्रमुख नारायण वनका अनुसार साउन मसान्तसम्ममा पहिलो चरणको काम सकेर छाडा चौपाया राख्न शुरु...

दूरदर्शी सोचका साथ सरकार अघि बढ्नु पर्छ : पाण्डे

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य सुरेन्द्रप्रसाद पाण्डेले सरकारले दूरदर्शी सोचका साथ योजना ल्याउनुपर्ने बताउनुभएको छ । कम्युनिष्ट पार्टीका संस्थापक नेता स्व पुष्पलालको ४१ औँ स्मृति दिवसका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आउँदा दिनमा...

रंगशाला निर्माणमा जुर्मुराए चितवनवासी, डा. भट्टराई एक्लैले दिनुभयो दश लाख

चितवन । गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माण गर्न चितवनवासी जुर्मुराएका छन् । केही समय स्थगित भएको रंगशाला निर्माणको काम शुरु भएको दिन मंगलबारबाट सहयोगदाताहरु जुर्मुराएका हुन् । मंगलबार साँझ आयोजित एउटै कार्यक्रममा २४ लाख रुपैयाँ भन्दा बढी सहयोग रकम उठेको...

तारापुञ्ज सहकारीको सेवा केन्द्र पश्चिम चितवनको शुक्रनगरमा

चितवन । भरतपुरको हाकिमचोकमा रहेको तारापुञ्ज बचत तथा ऋण सहकारी संस्थाले आफ्नो पहिलो शाखा कार्यालयको रुपमा पश्चिम चितवनको शुक्रनगरमा सेवा केन्द्र बिस्तार गरेको छ । सहकारीले भरतपुर महानगरपालिका वडा नम्वर २५ शुक्रनगर शोसी बजारमा सेवा केन्द्र बिस्तार गरेको हो...

गृहिणीहरुलाई डल तथा कुशन बनाउने तालिम

चितवन । गृहिणीहरुलाई व्यावसायिक र आत्मनिर्भर बनाउने उद्धेश्यले भरतपुरमा डल तथा कुसन बनाउने एक हप्ते तालिम सञ्चालन गरिएको छ । मिसेस चितवन सिजन २ की थर्ड रनर अप प्रतिक्षा पन्तको व्यक्तिगत आयोजनामा गत आइतबारदेखि तालिम सञ्चालन गरिएको हो । तालिममा...

चितवनमा गत आवमा पाँच वर्षयताकै थोरै मुद्दा फैसला

चितवन । गत आर्थिक वर्षमा चितवन जिल्ला अदालतले विगत पाँच वर्षको तुलनामा कम मुद्दा फैसला गरेको छ । अदालतले गत आर्थिक वर्षमा दर्ता भएका र जिम्मेवारी सरेर आएका गरी तीन हजार ९२१ मुद्दामध्ये दुई हजार ३५८ थान (६० दशमलव...

नेटवर्किङ व्यवसायको नाममा ठगी गर्ने तीन पक्राउ

चितवन । प्रतिबन्धित नेटवर्किङ व्यवसायको नाममा ठगी गर्ने तीन जना चितवनमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा एल.टी. एभरेष्ट हर्बल लाइफ ग्लोबल प्रा.लि. नामक संस्थाका अध्यक्ष सुनसरी धरान उपमहानगरपालिका–७ बस्ने सुमन भनिने ३७ वर्षीय जहरमान घिसिङ तथा सदस्यहरु गोरखा...

पैदलयात्रुलाई ठक्कर दिएर भागेका मोटरसाइकल चालकको मृत्यु

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा सोमबार साँझ एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक अन्दाजी ३० वर्षीय पुरुष रहेका छन् । नारायणगढबाट रामनगरतर्फ जाँदै गरेको ना४२प ४९२९ नंको...

आन्तरिक राजश्व कार्यालय भरतपुरले उठायो ३० अर्ब, अघिल्लो आवभन्दा ८ अर्ब बढी

चितवन । आन्तरिक राजश्व कार्यालय भरतपुरले गत आर्थिक वर्षमा रु ३० अर्ब दुई करोड ९० लाख सात हजार राजश्व सङ्कलन गरेको छ । कार्यालयले अघिल्लो आर्थिक वर्षमा भन्दा गत आर्थिक वर्ष रु आठ अर्ब २१ करोड ५४ लाख नौ...