सर्लाही । वनमौरीले चिल्दा सर्लाहीको मलङ्गवा–७, मुसैलीका एक बालकको मृत्यु भएको छ भने अन्य पाँचजना घाइते भएका छन् ।
मुसैलीस्थित खेतमा काम गर्ने क्रममा बुधबार साँझ वनमौरीले चिल्दा गणेश रायका तीन वर्षीय छोरा किसनकुमार रायको मृत्यु भएको हो । मौरीको चिलाइबाट रायकी श्रीमती ३५ वर्षीया चिन्तादेवी राय र छोरा चार वर्षीय रविकुमार राय, सोही ठाउँका २४ वर्षीया अञ्जलीदेवी यादव, ४० वर्षीया देवबत्ती देवी र १८ वर्षीय रामध्यान महतो घाइते भएका छन् ।
उनीहरुलाई उपचारका लागि बुधबार राति मलङ्गवा अस्पतालबाट वीरगञ्ज पठाइएको जिल्ला प्रहरी कार्यालय, सर्लाहीले जनाएको छ । घाइतेलाई मौरीले शरीरका विभिन्न भागमा चिलेको स्थानीय हरदास यादवले जानकारी दिनुभएको छ ।