सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सौराहामा विद्युत् अवरुद्ध नहुने गरी तयारी


  •    न्युजभित्तो/२० मंसिर २०७६, शुक्रबार १७:५८ 
  • चितवन । घोषित रूपमा विद्युत्भार कटौती नभए पनि प्राविधिक कारण समय समयमा विद्युत् आपूर्तिमा समस्या हुने गरेको छ । लामो क्षेत्रमा एउटै फिडरबाट तानिएका तार र पुराना ट्रान्सफर्मरमा देखिने समस्याका कारण पटक पटक विद्युत् अवरुद्ध हुँदा अत्यावश्यक क्षेत्र प्रभावित हुँदै आएका छन् ।

    भ्रमण वर्ष सन् २०२० लाई लक्षित गर्दै पर्यटकीय क्षेत्र सौराहामा विद्युत् अवरुद्ध नहुने गरी तयारी थालिएको छ । नेपाल विद्युत् प्राधिकरणको टाँडी वितरण केन्द्रले नयाँ फिडर जडान गरी सौराहा क्षेत्रमा विद्युत् आपूर्ति गराउन लागेको छ । केन्द्रका प्रमुख चुतुनकुमार श्रीवास्तवका अनुसार पर्सा सबस्टेशनबाट खैरहनी, कुमरोज, बुढ्यौली हुँदै हाल सौराहा विद्युत् पु¥याइएको छ ।

    लामो क्षेत्र भएकाले तार, पोल, ट्रान्सफर्मरमा देखिने समस्याका कारण पटक पटक विद्युत् अवरुद्ध हुँदै आएको उहाँले बताउनुभयो । केन्द्रले सो क्षेत्रलाई लक्षित गर्दै पर्साबाट राजमार्ग हुँदै सौराहाचोकको बाटो सोझै तार तानेर नयाँ फिडरमार्फत विद्युत् वितरण गर्न लागेको हो । पर्सा सबस्टेशनमा हाल चारवटा फिडर रहेका छन् । यसलाई बढाएर छ वटा पु¥याउने तयारी गरिएको छ । भरतपुरबाट गएको ३३ हजार केभिए विद्युत्ले नपुगेपछि ११ हजार केभिएको छुट्टै तारमार्फत सोही क्षेत्रमा विद्युत् पु¥याइएको छ ।

    श्रीवास्तवले पुसभित्रमा सौराहामा विद्युत् अवरुद्ध नहुने गरी व्यवस्थापन गरिने बताउनुभयो । क्षेत्रीय होटल सङ्घ सौराहाको टोलीले केही दिनअघि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई भेट गरी भ्रमण वर्षमा विद्युत् अवरुद्ध नहुने व्यवस्था गरिदिन आग्रह गरेको थियो । देशकै तेस्रो पर्यटकीय गन्तव्य सौराहा चितवन राष्ट्रिय निकुञ्जको प्रवेशद्वार हो । सो क्षेत्रमा १२० होटल रहेका छन् । सोराहामा भ्रमण वर्षमा चार लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ
    नारायणी सिँचाइ: जामुनीमा ब्यारेजमा ‘अटोमेसन गेट’ निर्माण अगाडि बढ्यो
    स्याउका बोट सेताम्मे
    • सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
    • अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा विदेशस्थित नेपाली नियोगमा विविध कार्यक्रम
    • पेट्रोलियम पदार्थको मूल्यवृद्धि
    • कीर्तिमानी आरोही श्रेष्ठको सगरमाथा मोह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.