सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

उद्योगहरुमा औद्योगिक सुरक्षा स्टिकर टाँसको शुभारम्भ


  •    न्युजभित्तो/२२ मंसिर २०७६, आईतवार २०:१६ 
  • खैरहनी । चितवन उद्योग संघ खैरहनी इकाई समितिको आयोजनामा खैरहनी इकाई समितिको कार्यालय उद्घाटन एवं खैरहनी नगरपालिका क्षेत्रभित्रका उद्योगहरुमा चितवनका सुरक्षा निकायका महत्वपूर्ण नम्बर सहितको औद्योगिक सुरक्षा स्टिकर टाँस तथा स्थानीय तहमा रहेका उद्योगहरुको यथार्थ वस्तुस्थितिको अवस्था पहिचान गर्ने उद्देश्यका साथ तथ्याङ्क अद्यावधिक अभियान–२०७६ को शुभारम्भ गरिएको छ । चितवन उद्योग संघका उपाध्यक्ष एवं खैरहनी इकाई समितिका संयोजक प्रतिभा श्रेष्ठको अध्यक्षतामा आईतबार सम्पन्न कार्यक्रममा खैरहनी नगरपालिकाका प्रमुख लालमणि चौधरी प्रमुख अतिथि रहनुभएको थियो ।

    प्रमुख अतिथि चौधरीले चितवन उद्योग संघ खैरहनी इकाई समितिको कार्यालयको उद्घाटन र खैरहनी–५ मा रहेको खजुरीको नेपाल प्रा.लि. परिसरबाट सुरक्षा निकायका महत्वपूर्ण नम्बर सहितको औद्योगिक सुरक्षा स्टिकर टाँस गरेर स्टिकर टाँस कार्यक्रमको समेत उद्घाटन गर्नुभएको थियो ।

    कार्यक्रममा चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडी, निवर्तमान अध्यक्ष भीमबहादुर पाण्डे, बरिष्ठ उपाध्यक्ष राजु पौडेल, उपाध्यक्षहरु त्रिलोचन कँडेल, सूर्यप्रसाद न्यौपाने, प्रतिभा श्रेष्ठ, कार्यकारी निर्देशक गणेशप्रसाद सिलवाल, खैरहनी उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्रप्रसाद सापकोटा, औद्योगिक सुरक्षा गुल्म नं. २३ का सशस्त्र प्रहरी नायव उपरीक्षक विनोद खतिवडा, खैरहनी नगरपालिका वडा नं. २ का वडाअध्यक्ष टिकादत्त इटनी, वडा नं. ४ का वडाअध्यक्ष देवबहादुर बस्नेत, वडा नं. ५ की वडाअध्यक्ष प्रतिमा कार्की बस्नेत, इलाका प्रहरी कार्यालय खैरहनीका सर्ई राजकिशोर यादवको उपस्थिति रहेको थियो ।

    यसैगरी संघका कार्यसमिति सदस्यहरु मदन चिरञ्जीवी पोखरेल, दुर्गाप्रसाद भण्डारी, कार्यसमिति सदस्य एवं रत्ननगर इकाई समितिका संयोजक गजेन्द्र अधिकारी, कार्यसमिति सदस्य राशी लामा, गोपाल प्रसाद गैरे, चितवन उद्योग संघ खैरहनी इकाई समितिका निर्देशकहरु, संघका प्रशासकीय अधिकृत गोविन्द प्रसाद पौडेललगायत उद्योगीहरुको उपस्थिति रहेको थियो ।

    कार्यक्रम अन्तर्गत दोश्रो दिन आइतबार खजुरीको नेपाल प्रा.लि., यति ब्रुअरी प्रा.लि., एरोबिक प्रा.लि., एआई इण्डष्ट्रिज प्रा.लि., आकृति इन्टरनेशनल प्रा.लि., ए आई मेटल क्राफ्ट, अमूल्य डेरी, खैरहनी पार्टी प्यालेस, कैलाशपति एग्रो, गौरीशंकर कंक्रिट उद्योग, दुर्गालक्ष्मी खाद्य उद्येग, साईबाबा ग्यास उद्योग, चितवन फुड इण्डष्ट्रिज, युगल दाना उद्योगलगायतका उद्योगहरुमा औद्योगिक सुरक्षा स्टिकर टाँस गरिएको थियो ।

    कार्यालय उद्घाटन कार्यक्रमको चितवन उद्योग संघ खैरहनी इकाई समितिका सचिवालय निर्देशक टिकादत्त अधिकारीले सञ्चालन गर्नुभएको कार्यक्रमलाई इकाई संयोजक प्रतिभा श्रेष्ठले समापन गर्नुभएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ
    नारायणी सिँचाइ: जामुनीमा ब्यारेजमा ‘अटोमेसन गेट’ निर्माण अगाडि बढ्यो
    स्याउका बोट सेताम्मे
    • सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
    • अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा विदेशस्थित नेपाली नियोगमा विविध कार्यक्रम
    • पेट्रोलियम पदार्थको मूल्यवृद्धि
    • कीर्तिमानी आरोही श्रेष्ठको सगरमाथा मोह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.