सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कृषि उपजप्रतिको परनिर्भरता हटाउँदै प्रदेश नं ३ सरकार


  •    न्युजभित्तो/१२ मंसिर २०७६, बिहीबार १८:४३ 
  • हेटौंडा । प्रदेश नं ३ सरकारले प्रदेशका १३ वटै जिल्लाको पशुपक्षीजन्य कृषिउपजको परनिर्भरता हटाउने भएको छ । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले दूध र मासुजन्य पदार्थमा प्रदेशलाई स्वनिर्भर बनाउने गरी परनिर्भरता हटाउन विशेष कार्यक्रम थालेको हो । सरकारले यसकाल लागि गाईपालन, माछापालन, बाख्रापालन र कुखुरापालनमा अनुदानका कार्यक्रम अगाडि सारेको छ ।

    प्रदेश सरकारले पशु आहारा उद्योग स्थापना गरेर सहुलियत दरमा दाना उत्पादन गर्ने र सहुलियत दरमै किसानलाई बिक्री वितरण गर्ने लक्ष्य लिएको छ । सरकारले स्थानीय तह, सहकारी तथा स्वयं किसानलाई समेत उत्पादनमुखी कार्यमा लगाएर थप रोजगारीसमेत सिर्जना गर्न लागेको मन्त्रालयले जनाएको छ ।

    कृषि मन्त्रालयले दुग्ध सहकारी संस्थामार्फत मकवानपुरको मकवानपुरगढी गाउँपालिका र चितवनमा समेत पशु आहारा उद्योग सञ्चालन गरेर रोजगारी सिर्जना गर्न लागेको प्रदेशका भूमि व्यावस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामाले बताउनुभयो । उहाँका अनुसार आगामी माघ महिनाबाट नवनिर्मित उद्योगबाट उत्पादनसमेत शुरु हुनेछ । मन्त्रालयले उत्पादन वृद्धि र कृषिमा बढी आम्दानी गराउन सामूहिक खेतीमा समेत जोड गरेको छ ।

    प्रदेशको सिन्धुपाल्चोक र नुवाकोटमा सामूहिक खेती गर्ने गरी योजना बनाइएको छ । प्रदेश सरकारले विदेशबाट फर्किएका युवा जनशक्तिलाई स्वदेशमै रोजगारी सिर्जना गर्नका लागि कृषिमा आधुनिकीकरण गर्न लागेको जनाएको छ । कृषिमा आधुनिकीकरण गर्न प्रविधि हस्तान्तरण गर्ने, मेशिन, औजारलगायतका सामग्री किसानलाई सहयोग गर्नेलगायतका कार्यक्रम गरिने मन्त्री लामाले बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    एक महिनामा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए
    आज २५ अर्बको ऋणपत्र जारी हुँदै
    आलेखः गौरव र पहिचान बन्दै हेटौँडाको सहिद स्मारक
    • रोशी गाउँपालिकाको प्राथमिकताः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क
    • विभागद्वारा बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री नगर्न निर्देशन
    • तेह्र सय घरमा खानेपानी सुविधा विस्तार
    • बोपुङको वासिङ पहिरोः बर्सेनि उठीबास हुँदै आसपासका स्थानीयवासी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.