सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नयाँ प्रस्तुतीका साथ रत्ननगर महोत्सव पुस २५ गतेदेखि


  •    न्युजभित्तो/१९ मंसिर २०७६, बिहीबार १८:०० 
  • रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा प्रत्येक दुई/दुई वर्षमा हुने रत्ननगर महोत्सव–२०७६ आउँदो पुस २५ गतेदेखि टिकौली चौरमा हुने भएको छ ।

    आयोजक रत्ननगर उद्योग वाणिज्य संघले बिहीबार सौराहामा पत्रकार सम्मेलनको आयोजना गरी आउँदो पुस २५ देखि माघ ७ गतेसम्म महोत्सव हुन लागेको जानकारी दिएको हो ।

    महोत्सव मूल आयोजक समितिका संयोजक एवम् उद्योग वाणिज्य संघ रत्ननगरका अध्यक्ष राजाराम रेग्मीले महोत्सवमा उद्योग, व्यापार, कृषि तथा पर्यटनको प्रवद्र्धन, स्थानीय कला सँस्कृतिको प्रदर्शन, स्थानीय तथा अन्य क्षेत्रमा उत्पादित वस्तु एवम् सेवाको परिचय गराउन पाँच सय वटा स्टल रहने जानकारी दिनुभयो । यसपटक महोत्सवमा पाँच लाख भन्दा बढी दर्शकले अवलोकन गर्ने र करिब ५० करोड रुपैयाँभन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।

    यस पटक महोत्सवमा अन्तर्राष्ट्रिय प्रदर्शक समेत सहभागि हुने छन् । रेग्मीका अनुसार भारत, पाकिस्तान, बंगलादेश र चीनका प्रदर्शकहरुले अन्तर्राष्ट्रिय बजारमा रहेका प्रविधिहरु प्रदर्शन गर्नेछन् । यस्तै चितवनको पर्यटन प्रबद्र्धनका लागि हेलिकप्टर मार्फत स्थानीय पर्यटकीय स्थलहरुको भ्रमण गराउने व्यवस्था मिलाईको छ । हेलिकप्टर मार्फत जिल्लाको अग्लो स्थान सिराइचुली, उपरदङगढी, परेवाकोट, मौलाकालिका मन्दिर, देवघाटलगायत स्थानको अवलोकन गराइने संघका पूर्व अध्यक्ष ज्ञानबहादुर बिसुरालले जानकारी दिनुभयो ।

    यस्तै महोत्सवमा पर्यटन प्रबद्र्धन अन्तरगत चितवनका प्रमुख पर्यटकीय गन्तव्यहरु सौराहा, चेपाङ पहाडी पदमार्ग, सिराइचुली, उपरदङगढी, रत्ननगर क्षेत्रका टिकौली ताल, चेपाङ ताल, बीसहजारी ताल, टिकौलीमा रहेको जैविक विविधता सूचना केन्द्रको प्रचारप्रसार गराइने आयोजकले जनाएको छ ।

    महोत्सवमा साँस्कृतिक कार्यक्रमहरुलाई पनि प्राथमिकतामा राखिएको छ । यसपटक पनि राष्ट्रिय तथा स्थानीय कलाकाहरुको प्रस्तुति रहने महोत्सवका सदस्य सचिव राजन खनालले जानकारी दिनुभयो ।

    महोत्सव प्रवेशका लागि ५० रुपैयाँको टिकट व्यवस्था गरिएको छ भने विद्यार्थीलाई २५ रुपैयाँको टिकट राखिएको छ । जेष्ठ नागरिक तथा फरक क्षमता भएका नागरिकले आफ्नो परिचय पत्रको आधारमा निःशुल्क महोत्सव अवलोन गर्न सक्ने आयोजकले जनाएको छ । पत्रकार सम्मेलनमा रत्ननगर नगरपालिकाका उपप्रमुख विमला दुवाडीलगायतले महोत्सवलाई भव्य, सभ्य र सफल बनाउन सबैसँग आग्रह गर्नुभयो ।

    यसैगरी महोत्सवको अवसरमा यसवर्ष पनि चिकेन एण्ड एग फेस्टिबल आयोजना गरिएको छ । यस फेस्टिबल पुस २९ गतेदेखि माघ ४ गतेसम्म पाँच दिनसम्म चल्ने महोत्सव मुल आयोजक समितिका संयोगक रेग्मीले जानकारी दिनुभयो ।

    यो फेस्टिबल तेस्रो संस्करण हो । यसले मासु र अण्डाको खपत बढाउन सहयोग मिलेको पोल्ट्री व्यवसायी समेत रहेका संघका पूर्व अध्यक्ष ज्ञानबहादुर बिसुरालले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.