सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

समावेशी कन्या गुरुकुलका लागि २ करोड संकलन


  •    न्युजभित्तो/२१ मंसिर २०७६, शनिबार २०:२८ 
  • भरतपुर । पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा निर्माण हुने समावेशी कन्या गुरुकुलका लागि भरतपुरमा आयोजित महायज्ञ सकिएको छ । देवघाटमा समावेशी कन्या गुरुकुल निर्माणका लागि गत मङ्सिर १३ देखि भरतपुर १२ पोखरेली टोलमा श्रीमद् भागवत महापुराण धनधान्याचल विराट ज्ञान महायज्ञको आयोजना गरिएको थियो ।

    सो महायज्ञ समापनमा प्रदेश नम्बर ३ का प्रदेशसभा सदस्य विजय सुवेदी प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रममा सुवेदीले स्वास्थ्य, शिक्षा जस्ता आधारभूत आवश्यकता राज्यले निःशुल्क प्रदान गर्नुपर्ने भएपनि संस्थाहरुले त्यसको जिम्मा लिनु सुखद विषय भएको बताउनुभयो । संघसंस्थाहरुले गर्ने शैक्षिक कार्यक्रममा सरकारले सहयोग गर्नुपर्ने सुवेदीको भनाइ थियो ।

    पछिल्लो समय वैदिक सनातन धर्म हराउँदै गएको अवस्थामा संस्कृत शिक्षा मार्फत यसको संरक्षण र सम्वद्र्धनमा टेवा पुग्ने सुवेदीले बताउनुभयो ।

    सो महायज्ञबाट शनिबार अन्तिम दिनसम्म एक करोड ९० लाख रुपैयाँ संकलन भएको महायज्ञ आयोजक समितिका सहसचिव उद्धव सञ्जेलले बताउनुभयो । सञ्जेलका अनुसार शनिबार मात्रै ओम शिवक्ति कल्याणी केन्द्रका संस्थापक महासचिव लक्ष्मणसिंह श्रेष्ठले १० लाख रुपैयाँ प्रदान गर्नुभएको छ । महायज्ञबाट संकलन भएको रकमबाट पवित्र तीर्थस्थल देवघाटधाममा १२ रोपनी क्षेत्रफलमा आवास सहितको कन्या गुरुकुल सञ्चालन गर्ने तयारी गरिएको महायज्ञ मूल समिति संयोजक रवीन्द्र अधिकारीले जानकारी दिनुभयो । कन्या गुरुकुलको निर्माण सम्पन्न गर्न करिब २० करोड रुपैयाँ लाग्ने अनुमान गरिएकोमा पहिलो चरणमा ६ कक्षादेखि शिक्षा आरम्भ गराइने अधिकारीले बताउनुभयो । गुरु योजनाअनुसार सम्पूर्ण निर्माण सम्पन्न गर्न २० करोड रुपैयाँ लाग्ने भएपनि पहिलो चरणमा चार करोड रुपैयाँ भएपछि कक्षा सञ्चालन गर्न सकिने अधिकारीले बताउनुभयो ।

    पछिल्लो समय वैदिक सनातन धर्म र संस्कृतिमाथि हस्तक्षेप भइरहेकाले भन्दै गुरुकुल शिक्षामार्फत यसको संरक्षण र जगेर्ना गर्ने उद्देश्यले महायज्ञको आयोजना गरिएको अधिकारीको भनाइ छ । महायज्ञमा बाल ब्रह्मचारी पण्डित श्यामशरण अधिकारीबाट पाठ पारायण, धर्म दर्शन एवम् पुराणका प्रवक्ता धर्माचार्य कृष्णप्रसाद गुरागाईबाट कथा प्रवचन तथा विशिष्ट साधु सन्त महात्मा तथा जगतजननी शिवशक्ति स्वरुपा कल्याणीबाट आशिर्वचन प्रदान भएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.