भरतपुर । देवघाटमा निर्माण हुने समावेशी कन्या गुरुकुलका लागि भरतपुरमा आयोजित महायज्ञमा करिब एक करोड ७२ लाख रुपैयाँ संकलन भएको छ । आवासीय सुविधासहितको कन्या गुरुकुल निर्माणका लागि सहयोगार्थ भरतपुर १२ प्रेरणा टोलमा आयोजित श्रीमद् भागवत महापुराण धनधान्याचल विराट ज्ञान महायज्ञमा शुक्रबार मात्रै ११ लाख ६४ हजार रुपैयाँ संकलन भएको महायज्ञ आयोजक समितिका सहसचिव उद्धव सञ्जेलले बताउनुभयो ।
सञ्जेलका अनुसार मङ्सिर १३ गतेदेखि सुरु भएको महायज्ञमा शुक्रबारसम्म एक करोड ७१ लाख ८२ हजार रुपैयाँ संकलन भएको हो । मङ्सिर २१ गतेसम्म सञ्चालन हुने महायज्ञबाट भएको आम्दानीले पवित्र तीर्थस्थल देवघाटधाममा १२ रोपनी क्षेत्रफलमा आवास सहितको कन्या गुरुकुल सञ्चालन गर्ने तयारी गरिएको महायज्ञ मूल समिति संयोजक रवीन्द्र अधिकारीले जानकारी दिनुभयो ।
कन्या गुरुकुलको निर्माण सम्पन्न गर्न करिब २० करोड रुपैयाँ लाग्ने अनुमान गरिएकोमा पहिलो चरणमा ६ कक्षादेखि शिक्षा आरम्भ गराइने अधिकारीले बताए । गुरु योजनाअनुसार सम्पूर्ण निर्माण सम्पन्न गर्न २० करोड रुपैयाँ लाग्ने भएपनि पहिलो चरणमा चार करोड रुपैयाँ भएपछि कक्षा सञ्चालन गर्न सकिने अधिकारीले बताउनुभयो ।
पछिल्लो समय वैदिक सनातन धर्म र संस्कृतिमाथि हस्तक्षेप भइरहेकाले भन्दै गुरुकुल शिक्षामार्फत यसको संरक्षण र जगेर्ना गर्ने उद्देश्यले महायज्ञको आयोजना गरिएको अधिकारीको भनाइ छ । महायज्ञ अवधिभर बाल ब्रह्मचारी पण्डित श्यामशरण अधिकारीबाट पाठ पारायण, धर्म दर्शन एवम् पुराणका प्रवक्ता धर्माचार्य कृष्णप्रसाद गुरागाईबाट कथा प्रवचन तथा विशिष्ट साधु सन्त महात्मा तथा जगतजननी शिवशक्ति स्वरुपा कल्याणीबाट आशिर्वचन प्रदान हुने भइरहेको छ ।
चितवन, नवलपुर र तनहूँको सङ्गममा पर्ने प्रसिद्ध धार्मिक पर्यटकीय तीर्थस्थल देवघाटधाममा समावेशी कन्या गुरुकुल निर्माणका लागि भन्दै मङ्सिर १३ गतेदेखि भरतपुर १२ को प्रेरणा टोलमा धनधान्याचल एवम् सप्ताह ज्ञान महायज्ञ सञ्चालन भइरहेको छ । नेपालका सबै वर्ग समुदाय, सम्प्रदायका बालिकाहरुलाई समेट्ने गरी गुरुकुल शिक्षा प्रदान गर्न ॐ शिवशक्ति कल्याणी केन्द्र भरतपुरको आयोजनामा महायज्ञ शुरु गरिएको हो ।