सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

माडीको बघौडा अस्पताल स्तरोन्नती गरिदै, २५ श्ययाको बनाइने


  •    न्युजभित्तो/७ पुष २०७६, सोमबार १८:५८ 
  • चितवन । माडीको बघौडा अस्पताललाई २५ श्ययाको अस्पतालका रुपमा स्तरोन्नति गरिने भएको छ । प्रदेश नं ३ सरकारको सहयोगमा श्यया थप गरेर स्तरोन्नति गर्न लागिएको हो । माडी नगरपालिकाको निर्णयअनुसार अस्पताललाई २५ श्ययाको बनाउन प्रदेश सरकार सकारात्मक देखिएको बघौडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा आलोक कुमारले बताउनुभयो ।

    विसं २०३४ सालमा स्वास्थ्य चौकीका रुपमा स्थापना भई आफ्नो सेवा शुरु गरेको अस्पताललाई २०५४ सालमा प्राथमिक स्वास्थ्य केन्द्रका रुपमा स्तरोन्नति गरिएको थियोे । २०७० साल साउनमा मन्त्रिपरिषद्को निर्णयद्वारा स्वास्थ्य केन्द्रबाट १५ श्ययाको अस्पतालका रुपमा विकास गरिएको हो । माडी नगरपालिकाले तीन वर्षको अन्तरालमा बघौडा अस्पतालमा चार करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको माडीका नगरप्रमुख ठाकुरप्रसाद ढकालले बताउनुभयो । भिडियो एक्स–रे लगायतका उपकरण र दक्ष जनशक्तिको व्यवस्थापनमा दैनिक तीन सय जनाको स्वास्थ्य परीक्षण हुने गरेको उहाँले जानकारी दिनुभयो ।

    पछिल्लो समय एमबीबीएस अध्ययन गरेका चिकित्सकद्वारा उपचार हुने भएपछि यस क्षेत्रमा बिरामीको रोजाइ यही अस्पताल बन्ने गरेको छ । बिरामीको बढ्दो चाप व्यवस्थापनका लागि अहिले नगरपालिकाले छुट्टै ओपीडी ब्लक निर्माण गरेको छ भने कुर्ने ठाउँसमेत बनाएको छ । अस्पतालमा अहिले पाँच एमबीबीएस चिकित्सक, एक एमडीजीपी विशेषज्ञ चिकित्सक, एक डेन्टल सर्जनसहित सात चिकित्सक रहेका अस्पतालका सूचना अधिकारी टेकमणि महतोले जानकारी दिनुभयो ।

    “भरतपुरमा प्रदान गरिने प्रकारकै सेवा यहीँ उपलब्ध छन्”, महतोले भन्नुभयो, “ठूलो सङ्ख्याको जनशक्तिले नगरवासीलाई गुणस्तरीय सेवा प्रदान गरिरहेको छ । भौतिक अभाव र प्राविधिक अपूर्णता यहाँको सेवामा चुनौती नै छ ।” माडी नगरपालिकाले यसै आर्थिक वर्षमा ३० लाख रुपैयाँको लागतमा भवन निर्माण गर्ने निर्णय गरेको महतोले बताउनुभयो । उहाँका अनुसार सर्पदंशका बिरामीको उपचारका लागि प्रदेश सरकारले एन्टी स्नेक भेनम राख्न अस्पताललाई स्वीकृति प्रदान गरिसकेको छ । नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा माडीमा रक्तसञ्चार केन्द्र स्थापनाको तयारी गरिएको पनि महतोले जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    • कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.