सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनको भण्डारामा अटो दुर्घटनामा पाँच जनाको मृत्यु, एक गम्भीर


  •    न्युजभित्तो/२१ मंसिर २०७६, शनिबार २०:२२ 
  • चितवन । पूर्वी चितवनको राप्ती नगरपालिका वडा नम्वर ५ मा शनिबार साँझ अटो दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार राप्ती नगरपालिका वडा नम्वर ४ चेपाङ् मार्गबाट भण्डारा तर्फ आउँदै गरेको ना १ ह ६४०९ नम्वरको अटो राप्ती ५ डुम्रेखाडी पुल नजिक अनियन्त्रीत भई पल्टिँदा दुर्घटना भएको हो ।

    अटो पल्टिदा अटोमा सवार ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी एकनारायण कोईरालाले जानकारी दिनुभयो । मृत्यु हुनेमा पर्वतको कुस्मा नगरपालिकाको पिपलटारीका ३५ वर्षिय श्यामप्रसाद तिवरी रहेका छन् । अन्यको भने नाम र ठेगाना खुल्न सकेको छैन । एक जना २६ वर्षिय पुरुषको कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) भरतपुरमा उपचार भईरहेको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

    घाईते भई उपचारका लागि ल्याईएका मध्ये ३ जनाको पुरानो मेडिकल कलेजमा र अन्य दुई जनाको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । अटो प्रहरीको नियन्त्रणमा रहेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको डिएसपी कोईरालाले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ
    बाहुनडाँगीमा जङ्गली हात्तीको आतङ्क, स्थानीय त्रसित
    राहदानी खरिदसम्बन्धी विषयमा जर्मनी दूतावासको स्पष्टोक्ति
    • साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै
    • चुमभ्यालीमा १० वर्षदेखि हराइरहेका बन्दिपुर
    • नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा
    • सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छः परराष्ट्रमन्त्री खनाल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.