चितवन सेरोफेरो
रवीन्द्र काफ्ले पाँचथर । पूर्वी पहाडसँग परिचित प्रधानमन्त्री केपी शर्मा ओली आइतबार पाँचथरको कुम्मायकको यासोकमा खानेपानी आयोजना र विद्युतीकरण उद्घाटन गर्न पुग्दा दङ्ग हुनुभयो । आफू ५० वर्षअघि कुम्मायककै यासोकमा पुग्दा तमोरबाट डोकोमा बोकेर खानेपानी प्रयोग गर्नुपर्ने विकराल अवस्थाको प्रधानमन्त्रीले...
हेटौँडा । गृहमन्त्री रामहादुर थापाले शान्ति सुरक्षाको अवस्था सुदृढ रहेको बताउनुभएको छ । गृहमन्त्रालयद्वारा यहाँ आयोजित वाग्मती प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई आज सम्बोधन गर्नुहुँदै उहाँले नेपालको कालापानी क्षेत्रको भूभागलाई फिर्ता ल्याउन सरकारले भारत सरकारसँग कूटनीतिक प्रयास गरिरहेको जानकारी दिनुभयो । गृहमन्त्री...
हेटौँडा । प्रधानमन्त्री केपी शर्मा ओली प्रतिकूलताहरुलाई चिरेर सकारात्मक परिणाम निकाल्न सक्ने अद्वितीय क्षमता भएका व्यक्तित्व हुनुभएको वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बताउनुभएको छ । प्रधानमन्त्री ओलीको ६९औँ जन्मोत्सवको सुअवसरमा आज एक शुभकामना सन्देश प्रकाशित गर्दै उहाँले प्रधानमन्त्री ओलीलाई...
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले चितवनको माडी नगरपालिका–४ मा स्थानीय समस्या समाधानका लागि चार दिनदेखि आमरण अनशन बसिरहेका जनप्रतिनिधिको माग पूरा गर्न सरकारलाई आग्रह गरेको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज एक विज्ञप्ति जारी गरी सो...
हेटौँडा । वाग्मती प्रदेशको प्रदेश लोकसेवा आयोगले कर्मचारी भर्ना प्रक्रिया शुरु गर्ने जनाएको छ । आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठले चालू आर्थिक वर्षको असार मसान्तसम्ममा प्रदेश र स्थानीय तहका लागि आवश्यक पर्ने कर्मचारीमध्ये केही सङ्ख्यामा मात्रै भए पनि कर्मचारी भर्ना...
दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ देउरालीमा आज दिउँसो बसले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । दमौलीबाट मुग्लिङतर्फ जाँदै गरेको ग१ख ९६१८ नम्बरको बसले ठक्कर दिँदा सोही बसमा सवार अन्दाजी ६५ वर्षीया महिलाको मृत्यु भएको हो ।...
बाजुरा । बाजुराको बडीमालिका नगरपालिका–९मा रहेको पीसविन बाजुराको कार्यालय र रेडियो बाजुराको नजिकै राखिएको बम समरजीत गुल्मका सेनाले निष्क्रिय पारेका छन् । शुक्रबार राती अज्ञात समूहले रेडियो बाजुरा नजिक कालो झोलामा बेवारिसे अवस्थामा राखिएको बम आज सेनाले निष्क्रिय गरेको...
नारायण अधिकारी चितवन । प्राकृतिक कारणले दुर्लभ एकसिङ्गे गैँडा मर्नेक्रम बढेपछि चितवन राष्ट्रिय निकुञ्जले घाँसे मैदान व्यवस्थापनमा विशेष जोड दिएको छ । चालु आर्थिक वर्षमा ६ सय हेक्टर नयाँ ठाउँमा घाँसे मैदान व्यवस्थापन गर्न लागेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण...
चितवन । फागुन ८ गतेदेखि भरतपुरको केन्द्रीय बस टर्मिनलमा हुने भनिएको प्रथम भरतपुर साँस्कृतिक तथा कृषि, उद्योग, पर्यटन, व्यापार महोत्सव तीन दिन पछि धकेलिएको छ । भरतपुर बजार व्यवस्थापन समितिको आयोजनामा हुन लागेको सो महोत्सव आगामी फागुन ११ गतेदेखि...
चितवन । राष्ट्रिय समाचार समितिको ५९ औँ वार्षिकोत्सवका अवसरमा आज चितवन जिल्लामा कार्यरत पत्रकारको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । रासस भरतपुरको आयोजनामा भएको कार्यक्रमको प्रतिनिधिसभा कानून, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले उद्घाटन गर्दै राससका माध्यमबाट सकारात्मक...

















