चितवन । भरतपुर महानगरपालिका वडा नम्बर ४ का वडा सदस्य प्रेम शर्मा पाठकको आज निधन भएको छ । लामो समयदेखि आन्द्राको समस्याबाट पीडित ५७ वर्षीय पाठकको उपचारको क्रममा आज दिउँसो चितवन मेडिकल कलेजमा निधन भएको हो ।
पाठक २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिका वडा नम्बर ४ मा नेपाली काङ्ग्रेसको तर्फबाट उम्मेदवार बनि वडा सदस्यमा निर्वाचित हुनु भएको थियो । स्वर्गीय पाठक नेपाली काङ्ग्रेस भरतपुर महानगरपालिकाको पूर्व सचिव तथा नेपाल तरुण दल चितवनको पूर्व सचिवसमेत हुनुहुन्थ्यो ।
नेपाली काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले पाठकको निधनले पार्टीलाई अपुरणीय क्षति पुगेको बताउनुभएको छ। स्वर्गीय पाठकको आजै देवघाटमा अन्त्येष्टी गरिएको छ । स्वर्गीय पाठकका दुई छोरा र एक श्रीमती रहनु भएको छ ।