सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पहिलो तहका सङ्क्रमितलाई कोरोना विशेष अस्पतालमै उपचार गरिने


  •    न्युजभित्तो/३ जेष्ठ २०७७, शनिबार ११:२६ 
  • चितवन । चितवनमा कोरोना आशङ्का गरिएका र पुष्टि भएर पनि सामान्य लक्षणमात्र देखिएका बिरामीलाई यहाँको भरतपुर कोरोना विशेष अस्पतालमा उपचार गरिने भएको छ । ती बिरामी भरतपुर अस्पतालमा राख्दा अन्य बिरामीलाई समस्या पर्न सक्ने भएकाले पहिलो तहका सङ्क्रमितलाई कोरोना अस्पतालमा राख्न लागिएको हो ।

    भरतपुर अस्पताल मातहतमा भरतपुर कोरोना विशेष अस्पताल र भरतपुर कोभिड–१९ प्रयोगशाला रहेका छन् । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीका अनुसार नेपाल सरकारले तह एक अर्थात् साधारण लक्षण भएका बिरामी राख्न सोही अस्पताललाई तोकेको छ । तह दुई अर्थात् मध्यम र जटिललाई भरतपुर अस्पताल र कडा भएकालाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, नेपालगञ्ज मेडिकल कलेज र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान तोकेको तिवारी बताउनुहुन्छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमण देखिएका बिरामीलाई पहिलो तहको अस्पतालमा उपचार गर्न सकिने उहाँले बताउनुभयो ।

    तिवारीले यसअघि पहिलो तहमा राख्नुपर्ने दुई सङ्क्रमितलाई भरतपुर अस्पतालमा लगिएको भए पनि अब त्यसो नगरिने बताउनुभयो । कोरोना अस्थायी अस्पतालमा ५० साधारण श्यया छन् । त्यहीँ १०÷१० श्ययाका एचडीयू र सघन उपचारकक्ष पनि रहेका छन् । कोरोनाकै बिरामीलाई उपचार गर्ने उद्देश्यले भरतपुर महानगरपालिकाको अगुवाइमा सो अस्पताल स्थापना गरी भरतपुर अस्पताललाई हस्तान्तरण गरिएको हो । गत चैत ७ गते अस्पताल स्थापना भएको हो ।

    कोरोना रोकथामका लागि भरतपुर अस्पतालको मातहतमा चैत २३ गतेबाट प्रयोगशाला सञ्चालनमा ल्याइएको छ । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार जिल्लामा हालसम्म ७४५ जनाको पिसीआर परीक्षण गरिएको छ । अस्पतालको प्रयोगशालामा सबैभन्दा बढी परीक्षण गरिएको उहाँले जानकारी दिनुभयो । यहाँको प्रयोगशाला स्थापना हुनुअघि र किट अभाव हुँदा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाल टेकु र प्रदेश प्रयोगशाला हेटौँडा पठाउने गरिएको छ ।

    कोरोनाका लागि निर्माण गरिएकाले अस्पतालमा आवश्यक पर्ने सबै प्रबन्ध मिलाइएको भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले जानकारी दिनुभयो । कोरोना आशङ्का भएका र कोरोना पुष्टि भइ सामान्य अवस्थामा रहेका बिरामीलाई कोरोना अस्पतालमा राख्दा भरतपुर अस्पताल अन्य बिरामीका लागि थप सुरक्षित हुने अधिकारीको भनाइ छ ।

    सर्वसाधारणले निःशुल्क र न्यून शुल्कमा उपचार पाउने अस्पतालमा जटिल नभएसम्म कोरोनाका बिरामी नराखिने उहाँले बताउनुभयो । अधिकारीले भन्नुभयो, “अस्पताल आएर उपचार गर्नुपर्ने बिरामीका लागि भरतपुर अस्पताल पूर्णरूपमा सुरक्षित छ ।” अस्पतालले सकेसम्म सामाजिक दूरी कायम गरेर सबै बिरामीको उपचार गरिरहेको छ ।

    भरतपुर अस्पतामा चितवनसहित १९ जिल्लाका बिरामी उपचारका लागि आउने गर्दछन् । सङ्घीय अस्पताल भएकाले यहाँ विशेषज्ञ चिकित्सकबाट सबैखालका उपचार हुने गर्दछन् । यस अस्पतालले वार्षिकरूपमा तीन लाखभन्दा बढी बिरामीलाई सेवा दिँदै आएको छ । अस्पतालमा हरेक वर्ष १४ हजार हाराहारीले प्रसुती गराउने गर्दछन् । काठमाडौँको प्रसूतिगृहपछिको सबैभन्दा बढी सुत्केरी गराउने अस्पताल भरतपुर अस्पताल हो । प्रसूतिका बिरामीलाई छुट्टै भवनको व्यवस्था गरिएको छ । यो ६०० श्ययाको केन्द्रीय अस्पताल हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन
    बागलुङका ७७ वटा खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला
    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा सिंह
    • पाल्पाबाट दालचिनी भारत निर्यात
    • नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
    • रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
    • नेप्से परिसूचक आठ अङ्कले घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.