सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दुई प्रहरीमा कोरोना भेटिएपछि कालिमाटी प्रहरी वृत्त सिल


  •    न्युजभित्तो/७ जेष्ठ २०७७, बुधबार १३:४२ 
  • काडमाडौँ । महानगरीय प्रहरी वृत्त, कालीमाटीमा कार्यरत दुई जना प्रहरीमा कोरोनाभाइरस (कोभिड–१९)को सङ्क्रमण पुष्टि भएपछि प्रहरीको कालीमाटी वृत्त सिल गरिएको छ ।

    महानगरीय प्रहरी वृत्त कालीमाटीका प्रमुख रुगम कुँवरले कालीमाटीस्थित वृत्त परिसरमै रहेका प्रहरी प्रभाग र महिला सेललाई पनि सिल गरिएको बताउनुभयो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गरेको परीक्षणमा मङ्गलबार एक जना प्रहरी नायव निरीक्षक (सइ) र एक जवानमा कोरोना सङ्क्रमण देखिएको थियो ।

    हाल कालीमाटी वृत्त परिसरमै महिला तथा बालबालिका सेल र ट्राफिक वृत्त पनि रहेको र उनीहरूको खाने बस्ने एकै स्थानमा रहेको बताइएको छ । त्यहाँ करिब दुई सय प्रहरी कार्यरत छन् । सङ्क्रमण देखिएका दुई जना कालीमाटी क्षेत्रमा सादा पोसाकमा काम गर्ने (घुमुवा) प्रहरी भएको बताइएको छ ।

    स्वास्थ्य मत्रालयको टोलीले त्यहाँ कार्यरत सबैको स्वाबको नमुना लिने तयारी गरेको छ । अहिले कालीमाटी क्षेत्र आसपासको सुरक्षामा अन्य वृत्तबाट प्रहरी परिचाल गरिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन
    बागलुङका ७७ वटा खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला
    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा सिंह
    • पाल्पाबाट दालचिनी भारत निर्यात
    • नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
    • रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
    • नेप्से परिसूचक आठ अङ्कले घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.