सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

व्यवस्थित गरिँदै कोभिड–१९ को पहिचान र उपचार, अब क्वारेन्टिनस्थलमै स्वाब सङ्कलन


  •    न्युजभित्तो/८ जेष्ठ २०७७, बिहीबार १४:०६ 
  • नारायण अधिकारी
    चितवन । कोरोना भाइरसको परीक्षणका लागि स्वाब सङ्कलन क्वारेन्टिन स्थलमै गरिने भएको छ । अस्पतालमा रहेका कोरोना आशङ्का गरिएका बिरामीको सम्बन्धित अस्पतालले स्वाब सङ्कलन गरी पठाउनेछन् ।

    स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीका अनुसार भरतपुर कोरोना विशेष अस्पतालमा कोरोना पोजेटिभ देखिएर सामान्य अवस्था रहेका बिरामीलाई राखिने छ । हाल सो अस्पतालमा स्वाब सङ्कलन, पोजेटिभ देखिएका बिरामी राख्ने र आइसोलेसन एवं क्वारेन्टिनको कामसमेत गरिँदै आएको छ ।

    उहाँका अनुसार स्थानीय तहहरुले क्वारेन्टिन निर्माणकार्य तीव्रगतिमा अघि बढाएका छन् । ती स्थानीय तहको स्वास्थ्य शाखामा ‘केस’ अनुसन्धान तथा खोजपडताल समूह गठन गर्ने काम भइरहेको छ । कम्तीमा जनस्वास्थ्य विषयमा स्नातक वा सोभन्दा माथि अध्ययन गरेका स्वास्थ्यका कर्मचारीको नेतृत्वमा तीन सदस्यीय समूह गठन गरिनेछ ।

    एक/दुई दिनमा महानगरपालिकामा पाँच, नगरपालिकामा दुई र गाउँपालिकामा एउटा समूह गठन गरिने छ । यससँगै सोही समूहले क्वारेन्टिनबाट स्वाब सङ्कलन र आरडिटी पनि गर्ने उहाँले जानकारी दिनुभयो । पोजेटिभ देखिए बिरामीको सम्पर्कमा भएका व्यक्तिको खोजीदेखि विभिन्न अनुसन्धानका काम सोही समूहले गर्नेछ ।

    प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जिल्लाका अस्पतालमा आएकाको भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्टले संयोजन गरी स्वाब सङ्कलनको व्यवस्था गर्नेछन् भने क्वारेन्टिनबाटै स्वाब सङ्कलनको संयोजन स्वास्थ्य कार्यालयका प्रमुखले गर्ने गरी व्यवस्था मिलाइएको छ ।

    जिल्लामा ९८ वडा छन् । ती सबै वडामा क्वारेन्टिन बनाइँदै छ । क्वारेन्टिनमा १४ दिनदेखि २१ दिनसम्म राखिने छ । सोही अवधिमा स्वाब सङ्कलन गरी पिसिआर परीक्षण गरिने छ । उनीहरुमा पोजेटिभ देखिएमा कोरोना अस्पताल पठाइने छ भने नेगेटिभ देखिएमा घर पठाइने छ । मेडिकल कलेज, अस्पतालमा आएका शङ्कास्पद बिरमीको स्वाब सङ्कलन सम्बन्धित संस्थाले गरेर कोभिड–१९ प्रयोगशालामा लैजानेछन् ।

    कोरोना अस्पताल सञ्चालन गर्दै आएको भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीका अनुसार कोरोना पोजेटिभ राखिएको अस्पतालमा अन्य काम गर्नु हुँदैन । सरकारले तह एक अर्थात् साधारण लक्षण भएका बिरामी राख्न सोही अस्पताललाई तोकेको छ । उहाँका अनुसार तह दुई अर्थात् मध्यम र जटिललाई भरतपुर अस्पताल र कडा भएकालाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, नेपालगञ्ज मेडिकल कलेज र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान तोकेको उहाँले बताउनुभयो । हाल नेपालमा देखिएका बिरामी कोरोना अस्पतालमा उपचार गर्न सकिने रहेका छन् ।

    भरतपुर अस्पतालमा सबै किसिमका बिरामीको उपचार गरिनेछ भने कोरोना अस्पतालमा पोजेटिभ भएकालाई मात्र राख्ने र प्रयोगशालामा परीक्षण गरिने उहाँले बताउनुभयो । जिल्लामा हालसम्म ९९३ को आरडिटी गरिसकिएको छ भने एक हजार १३२ को पिसिआर परीक्षण गरिएको छ ।

    आरडिटीका क्रममा रत्ननगर नगरपालिकामा दुई जनामा एन्टिबडी पोजेटिभ र राप्ती नगरपालिकामा एक जना शङ्कास्पद देखिएको थियो । यस्तै पिसिआर परीक्षणका क्रममा राप्ती नगरपालिकाका दुई र नवलपुरका एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । पुष्टि भएकामध्ये राप्ती नगरपालिका वडा नं ८ का आमा छोरा सङ्क्रमण निको भएर घर फर्किसकेका छन् भने नवलपुरका एक जनाको भरतपुर कोरोना विशेष अस्पतालमा उपचार भइरहेको छ ।

    हामीलाई कोरोना आयो भन्छन् : एम्बुलेन्स चालक

    कोरोना रोगको सङ्क्रमण बढ्दै जाँदा चौबीसै घण्टा सेवामा समर्पित हुने एम्बुलेन्स चालकले भने बाटोमा पानी पनि पिउन नपाउने गरेको गुनासो गरेका छन् । ‘कोरोना आयो’ भन्दै एम्बुलेन्ससमेत रोक्न नदिने गरेको उनीहरुको गुनासो छ । नेपालमा चार हजार ५०० एम्बुलेन्स छन् । तीमध्ये सबैभन्दा बढी दुई÷दुई सय हाराहारी काठमाडौँ र झापामा छन् । त्यसपछिको बढी मोरङ र चितवनमा रहेको एम्बुलेन्स चालक सङ्घका केन्द्रीय अध्यक्ष नवराज लामिछानेले जानकारी दिनुभयो ।

    केहीबाहेक अधिकांश यो सङ्कटको घडीमा कार्यक्षेत्रमा छन् । लामिछाने भन्नुहुन्छ, “जोखिम मोलेर अहोरात्र खट्दा पनि हाम्रा लागि कसैले हेर्दैनन्”, एम्बुलेन्स चालकहरुमा गुनासाका चाङ छन् उहाँको भनाइमा बाटोमा पैसा तिरेर पनि खान पाइँदैन । उहाँले गुनासो गर्नुभयो, “एम्बुलेन्स रोक्यो भने कोरोना आयो भन्दै घृणा गर्दछन् ।” बाटोमा पानीसमेत किनेर खान नपाउने गरेको उहाँको गुनासो छ । यस्तै एम्बुलेन्स चालकलाई पिपिइ, स्यानिटाइजर र मास्क छैन, भाडाको रकमले स्यानिटाइजर किन्न पुग्दैन ।

    यस्तै प्रहरीले जाँचका क्रममा दुःख दिने गरेको चालकको गुनासो छ । बिरामी झार्ने, अनावश्यक कागजपत्र माग्ने र चालकलाई तथानाम गाली गर्ने गरेको लामिछानेको गुनासो छ । उहाँले भन्नुभयो, “केहीले कमी कमजोरी गरे होलान्, ती चालकलाई कारवाही गर्नुपर्छ तर सबैलाई जाँचका नाममा ज्यादति गरिन्छ ।” ‘देशमा सङ्क्रमणमा भिड्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकारको नाम लिइन्छ, तर सँगै जोखिम मोल्ने र काम गर्ने हामीलाई कसैले सम्झँदैन उहाँले गुनासो गर्नुभयो । आठ घण्टा काम गर्ने सरकारका कर्मचारीले तलब स्केलको दोब्बर पाइरहँदा २४ घण्टा काम गर्ने एम्बुलेन्स चालकले रु आठदेखि १० हजारमा काम गर्नुपर्ने बाध्यता रहेको उहाँको भनाई छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन
    बागलुङका ७७ वटा खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला
    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा सिंह
    • पाल्पाबाट दालचिनी भारत निर्यात
    • नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
    • रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
    • नेप्से परिसूचक आठ अङ्कले घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.