सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पहुँचका आधारमा पिसिआर परीक्षणको माग बढ्दै, वैज्ञानिक निर्देशन अनुरुप मात्रै गरिने


  •    न्युजभित्तो/१ जेष्ठ २०७७, बिहीबार २१:०७ 
  • चितवन । सामाजिक पहुँचका आधारमा जथाभावी रुपमा कोभिड–१९को पिसिआर परीक्षणको माग र सिफारिस हुन थालेपछि यहाँको कोरोना प्रयोगशालामा पछिल्लो वैज्ञानिक निर्देशन अनुरुप मात्र परीक्षण गर्ने निर्णय गरिएको छ । भरतपुर अस्पतालले पिसिआर प्रयोगशाला सञ्चालन गर्दै आएको छ ।

    अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीको अध्यक्षतामा आज यहाँ सम्पन्न चितवन र नवलपुरका स्वास्थ्य कार्यालयका प्रमुख, अस्पताल एवम् मेडिकल कलेज प्रमुख र सरोकारवालाहरुको बैठकले पछिल्लो वैज्ञानिक निर्देशनलाई पूर्ण पालना गर्दै परीक्षण गर्ने निर्णय गरेको हो । अधिकारीका अनुसार परीक्षणको गुणस्तरमा उच्च ध्यान दिँदै स्वास्थ्य कार्यालय र निजी अस्पतालहरुले विश्व स्वास्थ्य संगठनको निर्देशन अनुसार आवश्यक पर्नेलाई मात्र परीक्षण गर्न सिफारिस गर्न र सोही अनुसार व्यवस्थापन मिलाउने निर्णय भएको छ ।

    सो अवसरमा सबैलाई पछिल्लो निर्देशिका समेत वितरण गरिएको थियो । बैठकले शंकास्पद व्यक्तिको नमुना संकलन सम्बन्धित अस्पतालहरु आफैले गरि पठाउने र परीक्षणमा आवश्यक पर्ने भाईरल ट्रान्सफर मिडिया सरकारी तवरमा उपलव्ध नभएमा आफैले व्यवस्था गर्ने निर्णय गरेको छ । उहाँका अनुसार शल्यक्रिया गर्नुपर्ने बिरामीलाई ज्वरो आई कोरोनाको लक्ष्यणहरु देखिए मात्र स्वाब परीक्षण गर्न पठाउने निर्णय गरिएको छ ।

    पछिल्लो समय निर्देशिका अनुसार आवश्यक नपर्नेहरुले परीक्षणका लागि दबाब दिने क्रम बढेपछि आवश्यक पर्नेका लागि मात्र परीक्षण गर्ने निर्णय गरिएको हो । अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार बैठकमा चितवन र नवलपुरका जनस्वास्थ्य कार्यालयका प्रमुख, विपि कोईराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी दिर्नेशक, चितवनका दुवै मेडिकल कलेजका प्रमुख एवम् प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो । भरतपुर अस्पतालले सञ्चालन गरेको प्रयोगशालामा चितवन र नवलपुरका कोरोना आशंका गरिएकाहरुको स्वाब परीक्षण गरिदै आएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन
    बागलुङका ७७ वटा खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला
    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा सिंह
    • पाल्पाबाट दालचिनी भारत निर्यात
    • नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
    • रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
    • नेप्से परिसूचक आठ अङ्कले घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.