कोरोना अस्पताल अनियमितता प्रकरण : आरोपित कर्मचारीलाई निलम्बन गर्न माग
न्युजभित्तो/४ जेष्ठ २०७७, आईतवार २१:५०
चितवन । नेपाल विद्यार्थी संघ, चितवन, साविक क्षेत्र नम्बर–३ ले कोरोना विशेष अस्पतालमा भएको भनिएको अनियमितताको सन्दर्भमा आरोप लागेका कर्मचारीलाई निलम्बन गरी छानवीनमा सहयोग गर्न माग गर्दै भरतपुर महानगरपालिका र भरतपुर अस्पतालमा ज्ञापन पत्र बुझाएको छ ।
नेविसंघले भरतपुर महानगरपालिकामा ज्ञापन पत्र बुझाउन जाँदा महानगर प्रमुख रेनु दाहाल र प्रमुख प्रशासकीय अधिकृत प्रेम राज जोशीले भेट्न नचाहेपछि ज्ञापन पत्र सचिवालयमा दर्ता गराई भित्तामा टाँसिएको नेविसंघका कार्यवाहक क्षेत्रीय सभापति बसन्त गैरेले जानकारी दिनुभयो ।
त्यसैगरी, नेविसंघले भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारी तथा प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीलाई ज्ञापन पत्र बुझाएको छ । कोरोना भाईरस सङ्क्रमणको यस समयमा भरतपुर महानगरको अगुवाईमा निर्माण गरिएको कोरोना विशेष अस्पतालमा भएको भनिएको अनियमितताका विषयमा अस्पताल र महानगरले कुनै प्रकृया अघि नबढाएको भन्दै नेविसंघले विरोध स्वरुप ज्ञापन पत्र बुझाएको हो ।
नेविसंघका कार्यवाहक क्षेत्रीय सभापति बसन्त गैरे, नेविसंघका नेताहरु कल्पना पौडेल, सरोज रेग्मी, परमेश्वर खनाल, सागर सुवेदी, ओमकार सापकोटालगायतको उपस्थितिमा ज्ञापन पत्र बुझाईएको थियो । अनियमितताको आरोप लागेका अस्पतालमा कार्यरत कर्मचारीहरुलाई निलम्बन गरी छानवीनलाई सहयोग गर्न नेविसंघले माग गरेको छ ।
ज्ञापन पत्र बुझ्दै अस्पताल विकास समितिका अध्यक्ष डा. अधिकारीले सङ्कटको समयमा स्थापना गरिएको अस्पतालमा भएको लापरवाहीमा संलग्नलाई कारवाही गर्न भरतपुर अस्पताल तयार रहेको बताउनुभयो । घटनाको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र जिल्ला प्रशासन कार्यालय, चितवनले अनुसन्धान गरिरहेका भन्दै उहाँले अनुसन्धानको प्रतिवेदन पर्खन आग्रह गर्नुभयो ।