चितवन सेरोफेरो

चितवनमा गैँडा स्थानान्तरण गर्न अध्ययन
-न्युजभित्तो

चितवन,८ चैत्र । दुर्लभ एक सिङ्गे गैँडा स्थानान्तरणका लागि अध्ययन सुरु गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जमा आन्तरिक र बाह्य गैँडा स्थानान्तरणका लागि अध्ययन थालिएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले उपमहानिर्देशक बेदकुमार ढकालको संयोजकत्वमा अध्ययन समिति बनाएको छ...

पाँचौं राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी चैत ९ देखि भरतपुरमा
-न्युजभित्तो

चितवन, ७ चैत । पाचौँ राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी ९ चैतदेखि भरतपुर हुने भएको छ । प्रदर्शनीमा कृषि यन्त्र, औजार, उपकरण तथा प्रविधिको बृहत् प्रदर्शनी हुने भएको हो चितवन प्रदर्शनी केन्द्रमा हुने प्रदर्शनी नेपाल कृषि मेशिनरी व्यवसायी संघ, कृषि पूर्वाधार...

बालयौन दुर्व्यवहारको आरोपमा माडीका शिक्षक पक्राउ
-न्युजभित्तो

चितवन,७ चैत्र । बालयौन दुर्व्यवहार गरेको अभियोगमा एक जना शिक्षक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोमेश्वर माध्यामिक विद्यालय माडीका शिक्षक सुरज लामिछाने रहेका छन् । माडी नगरपालिका–५ निवासी उनलाई प्रहरीले आइतबार पक्राउ गरेको हो । उनलाई कक्षा ९ मा अध्ययनरत...

नेपाल बुद्धिजीवि परिषद् चितवनको अध्यक्षमा चालिसे, सचिवमा डा भट्टराई
-न्युजभित्तो

चितवन, ७ चैत । नेकपा (एमाले) निकट बुद्धिजीविहरुको संगठन नेपाल बुद्धिजीवि परिषद् चितवनको नवौं जिल्ला अधिवेशनबाट अध्यक्षमा लक्ष्मीकान्त चालिसे र सचिवमा डा निराजन भट्टराईलाई चयन हुनु भएको छ । एमाले जिल्ला पार्टी कार्यालय भरतपुरमा सम्पन्न अधिवेशनले चालिसेको नेतृत्वमा १९...

समावेशी र सामाजिक मुद्दामा फोनिजको योगदान
-न्युजभित्तो

चितवन,७ चैत।  नेपाल पत्रकार महासङ्घका अध्यक्ष बिपुल पोख्रेलले नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ ९फोनिज० सामावेशी र सामाजिक मुद्दा उठाउने महत्वपूर्ण संस्थाका रुपमा विकास भएको बताउनुभएको छ । देशैभरबाट राष्ट्रिय महाधिवेशनमा सहभागी हुन सौराहा आएका फोनिज सदस्यको स्वागतमा नेपाल प्रेस...

मूल्यबृद्धि समायोजन नभए कन्स्ट्रक्सन होलिडे गर्ने निर्माण व्यवसायी संघ चितवनको चेतावनी
-न्युजभित्तो

चितवन, ६ चैत । निर्माण व्यवसायीहरुले मूल्यबृद्धि समायोजन नभए कन्स्ट्रक्सन होलिडे गर्ने चेतावनी दिएका छन् । निर्माण व्यवसायी संघ चितवनले आज प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै यस्तो चेतावनी दिएको हो । संघका जिल्ला अध्यक्ष केशवप्रसाद लामिछानेद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा मूल्यबृद्धि...

चितवनको माडीमा इनारमा डुबेर बृद्धाको मृत्यु
-न्युजभित्तो

माडी, ६ चैत । जिल्लाको माडी नगरपालिका वडा नं. ७ कृतनपुरमा पानीको इनारमा डुबेर बृद्ध महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ७४ वर्षिया सुकमाया रानाभाट रहेकी छिन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान ८ः३० बजेको समयमा...

प्रदेश सभा सदस्य विजय सुवेदीद्वारा टोल–टोलमा आपत्कालीन राहत कोष स्थापना
-न्युजभित्तो

चितवन, ६ चैत । बागमती प्रदेशसभा सदस्य विजय सुवेदीले भरतपुर महानगरपालिकाका विभिन्न टोलमा आपत्कालीन राहत कोष स्थापना गर्नुभएको छ । आर्थिकरूपमा पछाडि परेका विभिन्न पाँच टोल विकास संस्थामा उहाँले राहत कोष स्थापना गर्नुभएको हो । शनिबार भरतपुर महानगरपालिका–११ को गणेशधाममा...

चितवनमा आन्तरिक पर्यटक बढाउन ‘पे नाउ गो लेटर’
-न्युजभित्तो

चितवन,४ चैत्र।  कोरोनाको सङ्क्रमण घटेसँगै आन्तरिक पर्यटक आकर्षण गर्न सौराहाको जङ्गल सफारी लजले छुटृै प्याकेज कार्यक्रम सार्वजनिक गरेको छ । अहिले तिरेरपछि उपभोग गर्न पाउने गरी ‘पे नाउ गो लेटर’ प्याकेज सार्वजनिक गरिएको हो ।सो बमोजिम चैत महिनाभित्रमा विशेष छुटमा...

माडीका माधवको घर गोठमा आगलागी, समयमा दमकल नआउँदा क्षति बढी भएको गुनासो
-न्युजभित्तो

माडी (चितवन), ४ चैत । माडी नगरपालिका वडा नम्बर ४ खैरहनीका माधब लामिछानेको घर गोठमा आगलागी भएको छ । आगलागी हुँदा दुईवटा कुखुरा फार्म, एउटा धन्सार, दुई वटा परालको टौवा पूर्ण रुपमा क्षती भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका...