सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

माडीका माधवको घर गोठमा आगलागी, समयमा दमकल नआउँदा क्षति बढी भएको गुनासो


  •    न्युजभित्तो/४ चैत्र २०७८, शुक्रबार १०:४७ 
  • माडी (चितवन), ४ चैत । माडी नगरपालिका वडा नम्बर ४ खैरहनीका माधब लामिछानेको घर गोठमा आगलागी भएको छ । आगलागी हुँदा दुईवटा कुखुरा फार्म, एउटा धन्सार, दुई वटा परालको टौवा पूर्ण रुपमा क्षती भएको छ ।

    जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान ४ः३० बजेको समयमा आगलागी भएको हो । आगलागीबाट ६० लाखभन्दा बढीको धनमाल क्षति भएको प्रहरीको भनाई छ । आगलागीमा धन्सारमा रहेको ७० क्विन्टल धान, पाँच क्विन्टल तोरी, दुई क्विन्टल गहुँ, ३५ क्विन्टल कुखुराको दाना नष्ट भएको छ । यसैगरी एउटा फ्रिज, टेलिभिजन, डिजिटल मेसिन, तीन वटा सोलार प्यानल, तीन वटा ब्याट्री, एउटा ईन्भटर आगलागीमा परी नष्ट लभएका छन् । यस्तै ग्रिज, मोबिल, गियर आयल, हाईड्रोलिक पाइप, ड्रम अन्य भाडा वर्तन समेत नष्ट भएको प्रहरीले जनाएको छ ।

    आगलागी के कारणले भएको हो भन्ने खुल्न सकेको छैन । स्थानीय, नेपाल प्रहरी र नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिईएको छ । घरधनी माधव लामिछानेले नगरपालिकाको दमकल समयमा नआएको, ढिलो गरी आउँदा समेत दमकलमा पानी अत्यन्त न्यून रहेका कारण आगलागी समयमा नियन्त्रणमा लिन नसकिएको बताउनुभयो । उहाँले भन्नुभयो “दमकल आउँनै ढिलो ग-यो, आउँदा पनि निकै थोरै पानी थियो ।” पर्याप्त पानी सहित समयमा दमकल आएको भए क्षति कम गराउन सकिने उहाँको भनाई छ । उहाँले दमकल जस्तो संवेदनशील विषयमा नगरपालिकाले खेलवाड गरेको आरोप लगाउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति
    • चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो
    • विजयादशमीका समयमा बागमती प्रदेशमा दुर्घटना घट्यो
    • एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित
    • इङ्गल्याण्डका चर्चित क्रिकेटर मलानले चितवन रोइनोजबाट एनपिएल खेल्दै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.