सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पाँचौं राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी चैत ९ देखि भरतपुरमा


  •    न्युजभित्तो/७ चैत्र २०७८, सोमबार १८:२० 
  • चितवन, ७ चैत । पाचौँ राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी ९ चैतदेखि भरतपुर हुने भएको छ । प्रदर्शनीमा कृषि यन्त्र, औजार, उपकरण तथा प्रविधिको बृहत् प्रदर्शनी हुने भएको हो

    चितवन प्रदर्शनी केन्द्रमा हुने प्रदर्शनी नेपाल कृषि मेशिनरी व्यवसायी संघ, कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवर्द्धन केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको संयुक्त आयोजनामा चैत १२ गतेसम्म हुने छ । प्रदर्शनीमा १५० भन्दाबढी प्रदर्शनीकर्ता रहने छन् ।

    प्रदर्शनीमा ‘मेड इन नेपाल प्याभिलियन’ र कृषि कर्जा मेला विशेष आकर्षणको रूपमा रहने नेपाल कृषि मेशिनरी व्यवसायी संघका अध्यक्ष खोजराज कटुवालले बताउनुभयो । २० भन्दा बढी मुलुकको सहभागितामा दुई हजारभन्दा बढी प्रकारका उपकरण प्रदर्शन गरिने उहाँले जानकारी दिनुभयो । प्रदर्शनीमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । चार दिनसम्म चल्ने प्रदर्शनीको एक लाखभन्दा बढीले अवलोकन गर्ने अनुमान गरिएको छ ।

    आज प्रदर्शनीस्थलमा आयोजित पत्रकार सम्मेलनमा कटुवालले कृषिमा अनुदानको मोडालिटी परिवर्तन गर्नुपर्ने बताउनुभयो । एकै थलोमा कृषि सम्बन्धी आधुनिक प्रविधि, विभिन्न कृषि औजार, उपकरण तथा सेवाका बारेमा कृषकहरूलाई जानकारी गराउन प्रदर्शनी आयोजना गरिएको उहाँको भनाई छ । कृषि तथा पशुपालन क्षेत्रमा उत्पादन लागत घटाएर उत्पादन क्षमता बढाउनका लागि प्रदर्शनी महत्त्वपूर्ण साबित हुने विश्वास लिईएको छ। कृषि यान्त्रीकरण प्रदर्शनी हरेक दुई वर्षमा आयोजना गरिंदै आईएको छ । यसअघि चौथो प्रदर्शनी पनि चितवनमै भएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    २८ वर्षमा मनकामना केबलकारः २ करोड १२ लाखभन्दा बढी यात्रुलाई सेवा
    मनकामना हिलक्रेस्ट रिसोर्ट सञ्चालनको दोस्रो वर्षमा प्रवेश, पहिलो वर्ष उत्साहजनक
    गरिमा विकास बैंकको रक्तदान कार्यक्रममा ८३ जनाले गरे रक्तदान
    • अपी हिमालः जहाँ प्रकृति बोल्छ
    • यही मङ्सिर २५ देखि २७ सम्म भरतपुरमा ‘बिल्ड नेपाल एक्स्पो–२०२६’
    • खलामा धान भर्दै स्थानीय सरकार
    • भरतपुरमा छ स्थानमा खानेपानीका ‘ओभरहेड ट्याङ्की’ निर्माण गरिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.