सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा आन्तरिक पर्यटक बढाउन ‘पे नाउ गो लेटर’


  •    न्युजभित्तो/४ चैत्र २०७८, शुक्रबार १५:०२ 
  • चितवन,४ चैत्र।  कोरोनाको सङ्क्रमण घटेसँगै आन्तरिक पर्यटक आकर्षण गर्न सौराहाको जङ्गल सफारी लजले छुटृै प्याकेज कार्यक्रम सार्वजनिक गरेको छ ।

    अहिले तिरेरपछि उपभोग गर्न पाउने गरी ‘पे नाउ गो लेटर’ प्याकेज सार्वजनिक गरिएको हो ।सो बमोजिम चैत महिनाभित्रमा विशेष छुटमा रकम भुक्तान गरेमा आउँदो वर्ष होटल उपयोग गर्न पाइने छ ।

    होटलका सञ्चालक सुमन घिमिरेका अनुसार तीन रातका लागि यो अफर उपलब्ध गराइएको छ । जसमा दिन र रातको जम्मा रु चार हजार पाँच सय मात्रै तिरे सुविधायुक्त कोठा उपलब्ध हुनेछ । सामान्य अवस्थाको तुलनामा यो अफरमा सहभागी हुनेले ६६ प्रतिशत छुट पाएको उनको भनाइ थियो ।

    यो अफरका लागि रकम अग्रिम भुक्तानी गर्नुपर्ने र होटलले सो रकमपाएपछि एउटा नंम्बर सहितको भौचर उपलब्ध गराइनेछ । कुपन जस्तै भौचर ग्राहकले राख्नुपर्नेछ । सो भौचर पाउन यही चैत मसान्तसम्म अग्रिम भुक्तानी गर्नुपर्ने हुन्छ ।

    भौचर लिएर २०७९ साल वैशाख २ देखि चैत २७ सम्म जुनसुकै महिना वा दिनमा आएर बस्न सकिनेछ । कुपन भने तोकिएको समयभित्रै लिनुपर्ने र बसोबासका लागि यही मूल्यमा जहिले आए पनि हुने सञ्चालक घिमिरेले बताए ।

    भौचरमा तोकिएको मितिभन्दा अन्य दिनमा आउने ग्राहकले एक साताअघि कोठा बुक गर्नुपर्ने हुन्छ । आन्तरिक पर्यटकलाई केन्द्रमा राखेर यो अफर ल्याएको उनको भनाइ थियो ।

    गत वर्ष पनि उक्त होटलले असार र साउन महिनामा सोही अफर ल्याएको थियो । त्यतिबेला ३०० जनाले उक्त प्याकेजको सेवा लिन भुक्तानी गरेका थिए । पैँतिस कोठा भएको यो होटलमा पौडी पोखरी, एक सय जना अट्ने सभा कक्षलगायत सुविधा छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल कुखुरा व्यवसायी मञ्चको अध्यक्षमा प्रा.डा. भट्टराई
    सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
    एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज
    • सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न आग्रह
    • अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
    • सुक्खाले बढायो डढेलो र प्रदूषण
    • कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.