सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

समावेशी र सामाजिक मुद्दामा फोनिजको योगदान


  •    न्युजभित्तो/७ चैत्र २०७८, सोमबार १२:१५ 
  • चितवन,७ चैत।  नेपाल पत्रकार महासङ्घका अध्यक्ष बिपुल पोख्रेलले नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ ९फोनिज० सामावेशी र सामाजिक मुद्दा उठाउने महत्वपूर्ण संस्थाका रुपमा विकास भएको बताउनुभएको छ ।

    देशैभरबाट राष्ट्रिय महाधिवेशनमा सहभागी हुन सौराहा आएका फोनिज सदस्यको स्वागतमा नेपाल प्रेस युनियन चितवन शाखाले आयोजना गरेको कार्यक्रममा उहाँले समावेशिताको अभ्यासले राष्ट्रियतालाई बलियो बनाउँछ भन्नुभयो ।

    अध्यक्ष पोख्रेलले सञ्चारमाध्यमहरुबाट सबै वर्ग र समुदायको भाषामार्फत आफ्ना कुरा अघि बढाउन प्रयास गरेको फोनिजसँग महासङ्घले सहकार्य गरेर अघि बढिरहेको छ भन्नुभयोे ।

    नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले प्रजातन्त्र, समावेशी सिद्धान्तका क्षेत्रमा फोनिजको महत्वपूर्ण योगदान रहेको बताउनुभयो । फोनिजका वरिष्ठ उपाध्यक्ष गजुरधन राईले राष्ट्रिय एकतालाई सर्वोपरि ठानेर फोनिज पत्रकारिता क्षेत्रमा लागेको हो भन्नुभयो ।आइतबारदेखि सुरु भएको फोनिजको सातौँ राष्ट्रिय महाधिवेशन आज नयाँ नेतृत्व चयन गरेर सम्पन्न हुँदै छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल कुखुरा व्यवसायी मञ्चको अध्यक्षमा प्रा.डा. भट्टराई
    सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
    एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज
    • सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न आग्रह
    • अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
    • सुक्खाले बढायो डढेलो र प्रदूषण
    • कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.