सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मूल्यबृद्धि समायोजन नभए कन्स्ट्रक्सन होलिडे गर्ने निर्माण व्यवसायी संघ चितवनको चेतावनी


  •    न्युजभित्तो/६ चैत्र २०७८, आईतवार १४:४४ 
  • चितवन, ६ चैत । निर्माण व्यवसायीहरुले मूल्यबृद्धि समायोजन नभए कन्स्ट्रक्सन होलिडे गर्ने चेतावनी दिएका छन् । निर्माण व्यवसायी संघ चितवनले आज प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै यस्तो चेतावनी दिएको हो ।

    संघका जिल्ला अध्यक्ष केशवप्रसाद लामिछानेद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा मूल्यबृद्धि समायोजन गर्न माग गरिएको छ । ज्ञापनपत्रमा भनिएको छ “मूल्यबृद्धि समायोजन उपलब्ध गराई तोकिएको समयमा निर्माण कार्य सम्पन्न गर्ने हाम्रो ईच्छालाई प्रभावकारी कार्यान्वयनका लागि माग गर्दछौं ।”

    सरकार मार्फत् यस समस्याको सुक्ष्म विश्लेषण र अनुगमन गरी मूल्यबृद्धि नियन्त्रणका लागि समेत ठोस पहल गर्न माग गरिएको छ । आफ्ना मागहरु पूरा नभए कन्स्ट्रक्सन होलिडे गरी आन्दोलनका कार्यक्रमहरु गर्न बाध्य हुने चेतावनी दिईएको छ ।

    कोभिडका कारण निर्माण कार्य गर्न जटिलता आईरहेको बेला मूल्य बृद्धि र सामान अभावले निर्माण कार्य गर्न कठिन भएको स्मरण गराईएको छ । फलामजन्य सामग्री सिमेन्ट, बिटुमिन, इन्धन, ईट्टा लगायत नदीजन्य निर्माण सामग्रीको मूल्यबृद्धिसँगै अभाव सिर्जना गरिएको व्यवसायीहरुले जनाएका छन् ।

    संघका अध्यक्ष लामिछाने सहित संघका पदाधिकारी तथा सदस्यहरुको टोलीले आज प्रमुख जिल्ला अधिकारी आस्मान तामाङलाई ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्र बुझ्दै प्रजिअ तामाङले व्यवसायीको माग जाजय रहेको र ज्ञापनपत्र सम्बन्धित निकायसम्म पु¥याउने बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन
    बागलुङका ७७ वटा खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला
    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा सिंह
    • पाल्पाबाट दालचिनी भारत निर्यात
    • नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
    • रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
    • नेप्से परिसूचक आठ अङ्कले घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.