नेपाल बुद्धिजीवि परिषद् चितवनको अध्यक्षमा चालिसे, सचिवमा डा भट्टराई
न्युजभित्तो/७ चैत्र २०७८, सोमबार १५:०२
चितवन, ७ चैत । नेकपा (एमाले) निकट बुद्धिजीविहरुको संगठन नेपाल बुद्धिजीवि परिषद् चितवनको नवौं जिल्ला अधिवेशनबाट अध्यक्षमा लक्ष्मीकान्त चालिसे र सचिवमा डा निराजन भट्टराईलाई चयन हुनु भएको छ । एमाले जिल्ला पार्टी कार्यालय भरतपुरमा सम्पन्न अधिवेशनले चालिसेको नेतृत्वमा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
नवगठित समितिको उपाध्यक्षमा नरेन्द्र कँडेल, सहसचिवमा एकराज शर्मा, कोषाध्यक्षमा सीताकुमारी रिजाल रहनु भएको छ । अधिवेशनले दीपकबाबु नेपालको संयोजकत्वमा वसन्त पौडेल र विष्णु शर्मा रहेको लेखा समिति चयन गरेको छ । नेकपा एमालेका केन्द्रीय सदस्य जगन्नाथ थपलियाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बुद्धिजीवि परिषद्का केन्द्रीय सदस्य डा इश्वरी कडरिया, परिषद्का जिल्ला इन्चार्ज हरि आचार्य, शिक्षाविद् एवं बुद्धिजीवि रमाकान्त सापकोटा, निवर्तमान अध्यक्ष दीपकप्रकाश सिवाकोटी लगायतले बोल्नुभएको थियो ।