चितवन सेरोफेरो

चितवनका ६ पालिकामा सत्ता गठबन्धनले गरे भागबन्डा
-न्युजभित्तो

चितवन, ८ वैशाख। सबैभन्दा बढी चर्चामा रहेको भरतपुर महानगरपालिकाको मेयर माओवादी केन्द्रले पाउने गरी टुंगो लागेपछि जिल्लाका अन्य पालिकामा सत्ता गठबन्धनले भागबन्डाको खाका तयार गरेका छन् । बुधबार दिउँसो बसेको सत्ता गठबन्धन आवद्ध दलहरूको बैठकले भरतपुर महानगरबाहेकका ५ नगरपालिका र...

चितवन प्रहरीले ल्यायो विद्यार्थीलक्षित उपयोगी पुस्तक
-न्युजभित्तो

भरतपुर,८ बैशाख। बालबालिकाहरु अपराधको उच्च जोखिम वर्गमा पर्छन् । बालबालिका स्वयं पीडित र पीडक भएका घटनाहरु समाजमा पाइन्छन् । कतिपय जघन्य प्रकृतिका घटनामा उनीहरुको सहभागिता छ । बालबालिकालाई पीडित हुनबाट जोगाउन तथा अपराध उन्मुख हुन नदिनका लागि चितवन प्रहरीले एउटा...

घोषणापत्र तयार गर्न विजय सुवेदीले लिए सरोकारवालासँग सुझाव
-न्युजभित्तो

भरतपुर,७ बैशाख । नेकपा (एमाले)बाट भरतपुर महानगरपालिकाको मेयरमा उमेदवारी दिने तयारी गरेका विजय सुवेदीले सरोकारवालासँग सुझाव लिएका छन् । चुनावी घोषणा पत्र तयार गर्नका लागि सुवेदीले सुझावहरु संकलन गरेका हुन् । भरतपुरको विकास र समृद्धिका लागि नागरिकको अपेक्षा बुझ्न सुझाव...

राप्रपाको चुनावी अभियान : राप्रपाले माडीलाई भ्रष्टाचाररहित नगरपालिका बनाउने
-न्युजभित्तो

भरतपुर,७ बैशाख। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले माडीलाई भ्रष्टाचाररहित नगरपालिका बनाउने चुनावी अभियान अघि सारेको छ । जिल्ला सदस्य लीलकुमार गुरौले यसपटक राप्रपाले माडीलाई पूर्णरुपमा भ्रष्टाचाररहित नगर बनाउने योजना अघि सारेको जानकारी दिए । माडीलाई आफ्नो आधार इलाका मान्दै आएको राप्रपाले...

देउवालाई चितवन सभापतिको जवाफ: कार्यकर्ताहरु भरतपुर नछोड्ने पक्षमा छन्, निर्णय बदल्न सक्दैनौं
-न्युजभित्तो

चितवन,६ बैशाख – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र चितवन जिल्ला सभापतिबीच भेट भएको छ । देउवा र खनालबीच आज (मंगलबार) बालुवाटारमा भेट भएको हो । भेटमा देउवाले पेचिलो बन्दै गएको भरतपुर महानगरपालिकाको मेयर नेकपा माओवादी केन्द्रलाई छाड्नुपर्ने...

भरतपुरको मेयरको विवाद मिलाउन देउवाले चितवन सभापतिलाई काठमाडौं बोलाए
-न्युजभित्तो

चितवन,६ बैशाख – पेचिलो बन्दै गएको भरतपुर महानगरको मेयरको विवाद मिलाउन नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले चितवन सभापतिलाई काठमाडौं बोलाएका छन् । भरतपुरको मेयरमा कांग्रेस र माओवादी केन्द्रले दावी नछोडेपछि देउवा चितवन जिल्ला सभाप्ति राजेश्वर खनाललाई काठमाडौं बोलाएका हुन्...

चितवनका ६५ हजार बालबालिकालाई आजदेखि भिटामिन ए र जुकाको औषधि
-न्युजभित्तो

चितवन,६ बैशाख– रकारले आजबाट बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने भएको छ । आज र भोलि दुई दिन देशव्यापी रूपमा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन लागिएको हो । चितवनमा ६५ हजार भन्दा बढी बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको...

राप्ती नगरपालिकामा समाजवादी र मालेबीच पार्टी एकता
-न्युजभित्तो

रत्ननगर,६ बैशाख। चितवनको राप्ती नगरपालिकामा एकीकृत समाजवादी र नेकपा (माले)बीच पार्टी एकता भएको छ । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा हालै बनेको समाजवादी र मालेबीच पार्टी एकता भएको हो । भण्डारामा आयोजित एकता घोषणा कार्यक्रममा समाजवादीका प्रदेश कमिटी सदस्य बाबुराम...

भरतपुर महानगरको पाँच वर्ष : विकास योजनाको प्रगति कागजमा सीमित
-न्युजभित्तो

चितवन,५ बैशाख। सरकारले स्थानीय तहको निर्वाचन वैशाख ३० का लागि तोकेको छ । देशमा बिस्तारै स्थानीय निर्वाचनको वातावरण बन्दैछ । दलहरु उमेदवार छनोटमा व्यस्त हुन थालेका छन् । विभिन्न दलनिकट व्यक्तिहरुले स्थानीय तहका विभिन्न पदमा आकाङ्क्षा देखाउन थालेका छन्...

सौराहामा वन्यजन्तुको महत्त्व बुझाउन फोटो प्रदर्शनी
-न्युजभित्तो

रत्ननगर,५ बैशाख। चितवनको पर्यटकीय नगरी सौराहामा दुर्लभ वन्यजन्तुको महत्त्व बुझाउन फोटो प्रदर्शनी गरिएको छ । २७औँ वन्यजन्तु सप्ताहअन्तर्गत सौराहाको निकुञ्ज प्रवेशद्वारमा वन्यजन्तुको फोटो प्रदर्शनी गरिएको हो । नेपाल वाडल्डलाइफ फोटोग्राफर्स क्लबले फोटोमार्फत वन्यजन्तुको मह¤व बुझाउन फोटो प्रदर्शनी गरेको हो ।...