सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुरको मेयरको विवाद मिलाउन देउवाले चितवन सभापतिलाई काठमाडौं बोलाए


  •    न्युजभित्तो/६ बैशाख २०७९, मंगलवार १४:५६ 
  • चितवन,६ बैशाख – पेचिलो बन्दै गएको भरतपुर महानगरको मेयरको विवाद मिलाउन नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले चितवन सभापतिलाई काठमाडौं बोलाएका छन् ।

    भरतपुरको मेयरमा कांग्रेस र माओवादी केन्द्रले दावी नछोडेपछि देउवा चितवन जिल्ला सभाप्ति राजेश्वर खनाललाई काठमाडौं बोलाएका हुन् । चितवन जिल्ला तहका कांग्रेसका नेताहरु भरतपुरको मेयर छाड्न नसकिने अडानमा छन् । माओवादी केन्द्रले पनि भरतपुरको मेयरमा दावी गरिरहेको छ ।

    यही कारण गठबन्धनमा भागबण्डा मिलिरहेको छैन । कांग्रेस चितवनले गत स्थानीय तहको चुनावमा भरतपुरको मेयरमा माओवादी केन्द्रकी रेनु दाहाललाई सहयोग गरेको थियो । त्यसैले यस पटक माओवादी केन्द्रले भरतपुरको मेयरमा आफुहरुलाई सहयोग गर्नुपर्ने कांग्रेसका जिल्ला नेताहरुको अडान छ ।

    उता माओवादी केन्द्र चितवनका सबै पालिका कांग्रेसलाई छोडेर भरतपुर नछोड्ने अडानमा छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भागबण्डा नमिले एक्लै चुनाव लड्ने बताएका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग
    • भोटेकोशी बाढीः सुरुङ इलाकामा खोज, उद्धार तीव्र
    • भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.