सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राप्ती नगरपालिकामा समाजवादी र मालेबीच पार्टी एकता


  •    न्युजभित्तो/६ बैशाख २०७९, मंगलवार १०:५७ 
  • रत्ननगर,६ बैशाख। चितवनको राप्ती नगरपालिकामा एकीकृत समाजवादी र नेकपा (माले)बीच पार्टी एकता भएको छ । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा हालै बनेको समाजवादी र मालेबीच पार्टी एकता भएको हो ।

    भण्डारामा आयोजित एकता घोषणा कार्यक्रममा समाजवादीका प्रदेश कमिटी सदस्य बाबुराम पाठक र मालेका जिल्ला कमिटी उपसचिव ओमप्रसाद डल्लाकोटीले सहमति पत्रमा हस्ताक्षर गरी पार्टी एकता भएको घोषणा गरेका थिए ।

    पार्टी एकता भएसँगै जिल्ला उपसचिव डल्लाकोटीसहित जिल्ला सचिवालय सदस्य कृष्णमाया मानन्धर, जिल्ला कमिटी सदस्यहरु धर्मराज अधिकारी, गायत्री रूवालीसहित ९ जना समाजवादीमा समायोजन भएका छन् । त्यस्तै, मालेका नगर कमिटी सदस्यहरु तुलसीमाया अम्गाईं, जीवन्त खरेल, तेजराज दुवाडी, अमृत परियार, बलराम रेग्मी, रामचन्द्र उप्रेती, बधुवा चौधरी र प्रदीप अधिकारी एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

    कार्यक्रममा नगर कमिटी अध्यक्ष शमशेर लामाले केही दिनअघि विप्लव माओवादीको नगर कमिटी समाजवादीमा समायोजन भएकोमा सोमबार फेरि समाजवादी र मालेबीच पार्टी एकता भएको बताए । कम्युनिस्ट पार्टीहरुबीच एकता गर्दै समाजवादी पार्टीलाई राप्तीमा बलियो शक्तिका रुपमा स्थापित गर्ने अभियानमा रहेको उनले बताए ।

    कार्यक्रमका प्रमुखअतिथि समाजवादी पार्टीका जिल्ला अध्यक्ष डा. कृष्णराज पन्तले नेपालका सच्चा कम्युनिस्ट पार्टीहरुबीच एकता रहेको भन्दै साना–ठूला कम्युनिस्ट पार्टीहरुबीच एकता गरेर शक्तिशाली कम्युनिस्ट पार्टी बनाउन आवश्यक रहेको बताए । कार्यक्रममा समाजवादीका जिल्ला कमिटी सचिवालय सदस्य राम सेढाईं, नगर कमिटी इन्चार्ज हेमन्त कँडेल, नगर कमिटी सचिव तथा जिल्ला सदस्य आरके पण्डितलगायतले मन्तव्य राखेका थिए ।

    १३ सदस्यीय नगर कमिटी रहेको मालेको दुई जना एमाले तथा कांग्रेसमा प्रवेश गरेको र ११ जनामध्ये ९ जना समाजवादीमा प्रवेश गरेका छन् । बाहिर रहेका दुई जनालाई पनि समाजवादीमा ल्याउने प्रयास भइरहेको नगर कमिटी अध्यक्ष लामाले बताए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग
    • भोटेकोशी बाढीः सुरुङ इलाकामा खोज, उद्धार तीव्र
    • भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.