राप्रपाको चुनावी अभियान : राप्रपाले माडीलाई भ्रष्टाचाररहित नगरपालिका बनाउने
न्युजभित्तो/७ बैशाख २०७९, बुधबार १०:३९
भरतपुर,७ बैशाख। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले माडीलाई भ्रष्टाचाररहित नगरपालिका बनाउने चुनावी अभियान अघि सारेको छ । जिल्ला सदस्य लीलकुमार गुरौले यसपटक राप्रपाले माडीलाई पूर्णरुपमा भ्रष्टाचाररहित नगर बनाउने योजना अघि सारेको जानकारी दिए ।
माडीलाई आफ्नो आधार इलाका मान्दै आएको राप्रपाले २०७४ को स्थानीय तह निर्वाचनमा थोरै मतान्तरले मात्रै पराजय भोगेको स्मरण गराउँदै उनले भने, ‘अघिल्लोपटक हामीले गरेका कामको पनि प्रचार गर्न सकेनौँ र थोरै मतले हामी पछि प¥यौँ, तर यसपटक त्यसो हुन दिँदैनौँ ।’
राप्रपा माडीका अध्यक्ष वीरेन्द्र भण्डारीले केही दिनमै माडी नगरपालिकाका लागि पार्टीले सबै पदमा उमेदवार टुङ्गो लगाउने बताए । माडीमा राप्रपालाई जिताएमा कक्षा १२ सम्म निःशुल्क शिक्षाको व्यवस्था मिलाउनेसमेत उनले बताए ।
निर्वाचन कमिटी गठन
राप्रपाले माडीमा निर्वाचन परिचालन कमिटी गठन गरेको छ । पार्टीको प्रदेश नं ३ (ख) का कोषाध्यक्ष टोजमान गुरूङ (पारस)को संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरिएको राप्रपा चितवनका प्रवक्ता राजु भण्डारीले बताए । स्थानीय तहको निर्वाचनलक्षित अन्य पाँच कमिटीसमेत गठन गरिएको उनले बताए ।
लीलकुमार गुरौको संयोजकत्वमा अनुगमन तथा मूल्याङ्कन कमिटी, भीमबहादुर कुँवरको संयोजकत्वमा आर्थिक परिचालन कमिटी, सुरेश गुरूङको संयोजकत्वमा युवा परिचालन कमिटी र सञ्जय काजी महतोको संयोजकत्वमा सूचना सम्प्रेषण कमिटी गठन गरेको राप्रपाले जनाएको छ ।
यस्तै, पार्टीका संस्थापक नेता केवल चौधरीको संयोजकत्वमा सल्लाहकार कमिटसिमेत गठन गरेको प्रवक्ता राजु भण्डारीले जानकारी दिए । उक्त कमिटीमा गंगाधर न्यौपाने, मेघनाथ न्यौपाने, क्याप्टेन विशन गुरूङ, एकनारायण न्यौपाने, डण्डपाणि न्यौपाने, जानकीदत्त बराल, नीरबहादुर रानाभाट, शम्भु पौडेललगायतका नेताहरु छन् ।
राप्रपाले २०७४ सालको स्थानीय निर्वाचनमा माडीमा थोरै मतान्तरले मेयर पद गुमाएको थियो । यसपालिको निर्वाचनमा माडी नगरपालिकाको नेतृत्व लिने रणनीतिमा चुनावी अभियानलाई तीव्र पारेको प्रवक्ता भण्डारीले बताए ।
यसपटक माडीको मेयर, उपमेयर र धेरै वडामा जनप्रतिनिधि जित्ने उनको दाबी छ । राप्रपाका केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डेको विकासमुखी नेतृत्वलाई मूल्याङ्कन गरेर पनि माडीका जनताले राप्रपालाई जिताउने उनले बताए ।