देउवालाई चितवन सभापतिको जवाफ: कार्यकर्ताहरु भरतपुर नछोड्ने पक्षमा छन्, निर्णय बदल्न सक्दैनौं
न्युजभित्तो/६ बैशाख २०७९, मंगलवार १५:४९
चितवन,६ बैशाख – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र चितवन जिल्ला सभापतिबीच भेट भएको छ । देउवा र खनालबीच आज (मंगलबार) बालुवाटारमा भेट भएको हो ।
भेटमा देउवाले पेचिलो बन्दै गएको भरतपुर महानगरपालिकाको मेयर नेकपा माओवादी केन्द्रलाई छाड्नुपर्ने अवस्था आएको बताएका छन्। उनले सत्तागठबन्धनका कारण भरतपुरको मेयर कांग्रेसले लिन नसक्ने अवस्था देखिएको बताएका हुन् ।
जवाफमा खनालले जिल्लामा कार्यकर्ताहरु भरतपुर महानगरपालिकाको मेयर छाड्न नहुने पक्षमा रहेकाले आफूले सम्हाल्न नसक्ने बताएका छन् । उनले देउवालाई आफूले कार्यकर्ताको भावनाविपरीत निर्णय बदल्न नमिल्ने समेत बताएका छन् ।
जिल्ला सभापति खनालले भविष्यमा आउने निर्वाचन परिणामको जिम्मेवारी आफूले लिन नसक्ने र त्यसको जिम्मा पार्टी केन्द्रीय सभापतिकै हुने जवाफ दिएको समेत बताए ।
भरतपुरको मेयरको बिषय पेचिलो बन्दै गएपछि देउवाले खनाललाई बोलाएका थिए । बालुवाटारमा आज भएको बैठकमा उपसभापति पूर्णबहादुर खड्का, बागमती कांग्रेस सभापति इन्दबहादुर बानियाँ र चितवन सभापति खनाल थिए।
कांग्रेस चितवनले गत स्थानीय तहको चुनावमा भरतपुरको मेयरमा माओवादी केन्द्रकी रेनु दाहाललाई सहयोग गरेको थियो । त्यसैले यस पटक माओवादी केन्द्रले भरतपुरको मेयरमा आफुहरुलाई सहयोग गर्नुपर्ने कांग्रेसका जिल्ला नेताहरुको अडान छ ।
उता माओवादी केन्द्र चितवनका सबै पालिका कांग्रेसलाई छोडेर भरतपुर नछोड्ने अडानमा छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भागबण्डा नमिले एक्लै चुनाव लड्ने बताएका छन् । यही कारण गठबन्धनमा भागबण्डा मिलिरहेको छैन ।