सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवन प्रहरीले ल्यायो विद्यार्थीलक्षित उपयोगी पुस्तक


  •    न्युजभित्तो/८ बैशाख २०७९, बिहीबार १०:२२ 
  • भरतपुर,८ बैशाख। बालबालिकाहरु अपराधको उच्च जोखिम वर्गमा पर्छन् । बालबालिका स्वयं पीडित र पीडक भएका घटनाहरु समाजमा पाइन्छन् । कतिपय जघन्य प्रकृतिका घटनामा उनीहरुको सहभागिता छ ।

    बालबालिकालाई पीडित हुनबाट जोगाउन तथा अपराध उन्मुख हुन नदिनका लागि चितवन प्रहरीले एउटा पाठ्यसामग्री सार्वजनिक गरेको छ ।

    भविष्यका कर्णधार बालबालिकाहरुलाई राष्ट्र र समाजप्रति जिम्मेवार नागरिकको रुपमा विकास गर्ने ध्येयले पाठ्यक्रम ल्याइएको चितवन प्रहरी प्रमुख एसपी नवराज अधिकारीले जानकारी दिए । नेपालमै पहिलोपटक नमुना काम भएको उनको दाबी छ ।

    अपराध रोकथाम, सामाजिक विकृतिविरूद्ध जनचेतना र सामुदायिक सुरक्षालाई अभिवृद्धि गर्न र जिल्लाभित्रका सबै स्थानीय तहअन्तर्गतका शैक्षिक संस्थाहरुको बीचमा साझेदारिता निर्माण गर्ने उद्देश्यले यो अवधारणा अघि सारिएको एसपी अधिकारीको भनाइ छ ।

    चितवनमै एक किशोरले आफ्ना किशोरी साथीको नग्न भिडियो बनाएर सार्वजनिक गरेको घटना सेलाउन नपाउँदै किशोरी उमेरकै छात्राहरु शिक्षकहरुबाट दुव्र्यवहारको सिकार भएका छन् । ‘कम्प्युटर र मोबाइलजन्य उपकरणको प्रयोग, सामाजिक सञ्जालको प्रयोगमा असावधानीले समाजमा ठूलो समस्या निम्त्याउँदै छ’, प्रहरी प्रमुख एसपी अधिकारीले भने, ‘बालबालिकालाई समय र समाज सुहाउँदो ज्ञानको आवश्यकता महसुस गरी नयाँ कार्यक्रम ल्याएका हौँ ।’

    विकासको पूर्वसर्त सुरक्षा हो र विकास नै सुरक्षित समाजको आधार हो भन्ने परिकल्पनाका साथ विद्यालयहरुमा यो पाठ्यसामग्री लागू गर्न लागिएको भरतपुर महानगर प्रमुख रेनु दाहालको भनाइ छ । प्रहरी, समुदाय, स्थानीय तह विद्यालय र सामाजिक संस्थाहरुबीच साझेदारी गर्नु आवश्यक रहेको उनले बताइन् ।

    अपराधरहित सुरक्षित, सभ्य र सुसंस्कृत समाजको निर्माणका लागि जघन्य अपराध, लागूऔषध दुव्र्यसन, महिला तथा बालबालिकाविरूद्धका अपराध र हिंसा, बढ्दो साइबर अपराध, घरेलु हिंसा, ट्राफिक सचेतना, आत्मरक्षाको विषय तथा सामाजिक सचेतना जगाउनु वर्तमान समयको आवश्यकता रहेकोले पाठ्यसामग्री बहुउपयोगी हुने महानगर शिक्षा महाशाखा प्रमुख महेन्द्र पौड्यालको भनाइ छ ।

    बालबालिकाहरु संलग्न भएका र हुने जोखिम रहेका अपराधका विविध पक्षहरुबारे जानकारी दिने, घटनाहरु कस्तो अवस्थामा अपराध हुन्छन् भनेर जानकारी दिने, अपराधसँग सम्बन्धित कानुनी व्यवस्थाबारे जानकारी दिने पाठ्यसामग्रीको उद्देश्य रहेको चितवन प्रहरी प्रवक्ता डिएसपी नरहरि अधिकारीले बताए । पुस्तकमा सामान्य र गम्भीर दुवै खालका अपराधबारे जानकारी गराइएको उनले बताए ।

    भरतपुर माविका शिक्षक हरि चापागाईंले पाठ्यसामग्री निकै उपयोगी रहेको प्रतिक्रिया दिए । ‘विद्यालयमा यसलाई कसरी विद्यार्थीमाझ लैजाने भनेर छलफल भइरहेको छ, अहिलेका विद्यार्थीलाई चाहिने ट्राफिक सचेतना, लागूऔषध, साइबर अपराधका विषयमा पुस्तकमा भएका विषयहरु निकै प्रभावकारी हुने विश्वास लिएका छौँ’, शिक्षक चापागाईंले भने, ‘यो पुस्तकमा उल्लेख्य विषय विद्यार्थीमाझ लैजान सके विद्यालयभित्र र बाहिर हुने अपराधका घटनाहरु घटेर जानेमा हामी विश्वस्त छौँ ।’

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल कुखुरा व्यवसायी मञ्चको अध्यक्षमा प्रा.डा. भट्टराई
    सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
    एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज
    • सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न आग्रह
    • अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
    • सुक्खाले बढायो डढेलो र प्रदूषण
    • कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.