सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सौराहामा वन्यजन्तुको महत्त्व बुझाउन फोटो प्रदर्शनी


  •    न्युजभित्तो/५ बैशाख २०७९, सोमबार १४:२७ 
  • रत्ननगर,५ बैशाख। चितवनको पर्यटकीय नगरी सौराहामा दुर्लभ वन्यजन्तुको महत्त्व बुझाउन फोटो प्रदर्शनी गरिएको छ । २७औँ वन्यजन्तु सप्ताहअन्तर्गत सौराहाको निकुञ्ज प्रवेशद्वारमा वन्यजन्तुको फोटो प्रदर्शनी गरिएको हो ।

    नेपाल वाडल्डलाइफ फोटोग्राफर्स क्लबले फोटोमार्फत वन्यजन्तुको मह¤व बुझाउन फोटो प्रदर्शनी गरेको हो । फोटो प्रदर्शनीमा जंगलका हात्ती, गैँडा, बाघदेखि निकुञ्जमा पाइने पुतलीसम्मको फोटो प्रदर्शनीमा राखिएको छ ।

    अनुभवी फोटोग्राफरहरुले खिचेका ७५ वटा फोटो प्रदर्शनीमा राखिएको सौराहाका व्यवसायी तथा क्लबका अध्यक्ष लोजिककृष्ण श्रेष्ठले जानकारी दिए । ‘फोटो हेरेपछि मान्छेको मनमा उसको मह¤व झल्किन्छ’, उनले भने, ‘यसले वन्यजन्तुको संरक्षण गर्नुपर्छ भन्ने भाव मन–मनमा पस्न सक्छ ।’

    प्रदर्शनीमा लोभलाग्दा फोटाहरु पनि छन् । हात्तीले सहवास गर्दै गरेको, नदीमा गोहीले माछा समात्दै गरेको, बाघले सिकार गर्दै गरेको, गैँडा घाँसे मैदानमा रमाउँदै गरेको, नदीमा पानीचरा खेल्दै गरेको तस्बिर प्रदशनीमा राखिएको छ ।

    वैशाख १ गतेबाट सुरू भएको सप्ताहअन्तर्गत नदी सरसफाइ, विद्यालय सचेतना, अवैध सामग्रीबारे सचेतनामूलक कार्यक्रम गरिएको मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले जानकारी दिए । स्थानीयवासीमा वन्यजन्तु संरक्षणको भाव जगाउँदै उपलब्धिमूलक गतिविधि गरेर सप्ताहको समापन गरिने उनको भनाइ छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति
    • चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो
    • विजयादशमीका समयमा बागमती प्रदेशमा दुर्घटना घट्यो
    • एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित
    • इङ्गल्याण्डका चर्चित क्रिकेटर मलानले चितवन रोइनोजबाट एनपिएल खेल्दै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.