सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सौराहामा वन्यजन्तुको महत्त्व बुझाउन फोटो प्रदर्शनी


  •    न्युजभित्तो/५ बैशाख २०७९, सोमबार १४:२७ 
  • रत्ननगर,५ बैशाख। चितवनको पर्यटकीय नगरी सौराहामा दुर्लभ वन्यजन्तुको महत्त्व बुझाउन फोटो प्रदर्शनी गरिएको छ । २७औँ वन्यजन्तु सप्ताहअन्तर्गत सौराहाको निकुञ्ज प्रवेशद्वारमा वन्यजन्तुको फोटो प्रदर्शनी गरिएको हो ।

    नेपाल वाडल्डलाइफ फोटोग्राफर्स क्लबले फोटोमार्फत वन्यजन्तुको मह¤व बुझाउन फोटो प्रदर्शनी गरेको हो । फोटो प्रदर्शनीमा जंगलका हात्ती, गैँडा, बाघदेखि निकुञ्जमा पाइने पुतलीसम्मको फोटो प्रदर्शनीमा राखिएको छ ।

    अनुभवी फोटोग्राफरहरुले खिचेका ७५ वटा फोटो प्रदर्शनीमा राखिएको सौराहाका व्यवसायी तथा क्लबका अध्यक्ष लोजिककृष्ण श्रेष्ठले जानकारी दिए । ‘फोटो हेरेपछि मान्छेको मनमा उसको मह¤व झल्किन्छ’, उनले भने, ‘यसले वन्यजन्तुको संरक्षण गर्नुपर्छ भन्ने भाव मन–मनमा पस्न सक्छ ।’

    प्रदर्शनीमा लोभलाग्दा फोटाहरु पनि छन् । हात्तीले सहवास गर्दै गरेको, नदीमा गोहीले माछा समात्दै गरेको, बाघले सिकार गर्दै गरेको, गैँडा घाँसे मैदानमा रमाउँदै गरेको, नदीमा पानीचरा खेल्दै गरेको तस्बिर प्रदशनीमा राखिएको छ ।

    वैशाख १ गतेबाट सुरू भएको सप्ताहअन्तर्गत नदी सरसफाइ, विद्यालय सचेतना, अवैध सामग्रीबारे सचेतनामूलक कार्यक्रम गरिएको मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले जानकारी दिए । स्थानीयवासीमा वन्यजन्तु संरक्षणको भाव जगाउँदै उपलब्धिमूलक गतिविधि गरेर सप्ताहको समापन गरिने उनको भनाइ छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग
    • भोटेकोशी बाढीः सुरुङ इलाकामा खोज, उद्धार तीव्र
    • भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.