चितवन सेरोफेरो
चितवन,२५ श्रावण। पश्चिम चितवनको पार्वतीपुरमा घरायसी झगडा हुँदा श्रीमान्को मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–२१ बस्ने ५६ वर्षीय टीकाराम विकको घरायसी विवादका कारण मृत्यु भएको हो । कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार सोमबार घरायसी...
चितवन, साउन २४ । सिटिजन्स बैँक इन्टरनेशनले १० गुणासम्म प्रतिफल प्राप्त हुने ‘सिटिजन्स चिरायु मुद्धती योजना’ तथा ‘रेमिटेन्स चिरायु मुद्धती योजना’ सञ्चालनमा ल्याएको छ ।चितवनको सौराहमा सम्पन्न बैँकका १८० शाखा प्रबन्धकहरुको भेलाबाट सुशासनमा अब्बल हुने घोषणासहित ती दुई मुद्धती...
चितवन, साउन २४। नेपालका शिक्षित युवाद्वारा सञ्चालित शैक्षिक परामर्श केन्द्र ‘एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेस’ले विगत १९ वर्षमा एक लाखभन्दा बढीलाई परामर्श सेवा दिएको छ । विश्वका विभिन्न १५ देशमा कार्यालय स्थापना गरी ५० भन्दा बढी शाखाबाट सो सेवा...
चितवन, साउन २४ । चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षमा ३७ वटा गैँडा मरेका छन् ।यी गैँडा विभिन्न कारणले मरेका हुन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार ३३ गैँडा प्राकृतिक कारणले मरेका हुन् भने दुई गैँडा शिकारीले मारेका हुन्...
चितवन, साउन २३- भरतपुरमा हावाहुरीसहित वर्षा भएको छ ।दिनभर घाम चर्केको भरतपुरमा साँझतिर हावाहुरीसहित वर्षा भएको हो । हावाहुरीसहित पानी पर्दा निकै गर्मी अनुभव गरिरहेका नागरिकले शितलताको महसुस गरेका छन् । अघिल्लो हप्ता तीनदिनसम्म लगातार झरी परेको चितवनमा विगत चार...
चितवन, साउन २३- कबिलास सामुदायिक बोर्डिङको बसले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ ।साउन १७ गते देवघाट गाउँपालिमा गाडीको ठक्करबाट गम्भीर घाइते भएका ११ वर्षीय रिभेज तामाङको आज उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । भरतपुरको स्मल...
चितवन,२३ श्रावण। भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले अगामी संघीय निर्वाचनमा अनेरास्वियु(क्रान्तिकारी) को भूमिका महत्वपूर्ण हुने बताएकी छन् । सोमबार अनेरास्वियु(क्रान्तिकारी),केन्द्रीय क्याम्पस कमिटी कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरले आयोजना गरेको विदाई कार्यक्रममा मेयर दाहालले युवा वर्गमा उच्च जोश, जागर र...
चितवन,२३ श्रावण। चितवनको भरतपुर महानगरपालिका ११ गणेस्थान चोकबाट १२ जुवाडे पक्राउ परेका छन् । प्रहरीले आज (सोमबार) बिहान ३:४० बजे गणेशस्थान चोकस्थित सुदिप भण्डारीको घरमा जुवा खेली रहेका १२ जनालाई पक्राउ गरेको हो । सूचनाको आधारमा पुगेको प्रहरीको टोलीले उनीहरुलाई...
चितवन, साउन २३। चितवन मेडिकल कलेजले रु दुई अर्ब लगानीमा क्यान्सर अस्पताल निर्माण गरेको छ ।आगामी दसैँअघि नै सञ्चालनमा ल्याउने गरी सिएमसी क्यान्सर इन्स्टिच्युट तयार गरिइएको हो । अग्रणी सो मेडिकल कलेजले आफ्नो भगिनी संस्थाको रुपमा क्यान्सर अस्पताल सुरु...
चितवन, २२ साउन । चितवनमा पाँच जनाले नेपाली नागरिकता परित्याग गरेका छन् । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार गत आर्थिक वर्षमा यहाँ स्थायी बसोबास भएर रोजगारीका सिलसिलामा विदेश गएर उतैको नागरिक भएका उनीहरूले नेपालको नागरिकता परित्याग गरेका हुन् । सहायक...













