सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एक लाख बिरामीलाई बेहोस बनाउने डा. विजयराज न्यौपाने


  •    न्युजभित्तो/१७ भाद्र २०७९, शुक्रबार १४:३४ 
  • चितवन, १७ भदौ । जटिलदेखि सामान्य शल्यक्रिया गर्दा कुन सर्जन राम्रो भनी धेरैले खोजी गर्दछन् । शल्यक्रिया सफल हुनुमा क–कस्को हात हुन्छ भन्ने कुरा बिरामी र बिरामीका आफन्त कमैलाई मात्रै थाहा हुन्छ । तर, त्यही शल्यक्रियाका लागि महत्वपूर्ण भूमिकामा रहने एनेस्थेसियालोजिष्टलाई कमैले मात्रै चिन्दछन् । त्यही शल्यक्रियाको पर्दा पछाडि रहने एनेस्थेसियोलोजिष्ट हुनुहुन्छ डा. विजयराज न्यौपाने ।

    डा. न्यौपानेले शल्यक्रिया गर्नुअघि बिरामीलाई बेहोस् बनाउनेदेखि क्रिटिकल केयरमा महत्वपूर्ण भूमिका मार्फत् बिरामीको सेवा गर्दै आउनु भएको छ । उहाँको भूमिका सर्जनको भन्दा कम हुँदैन भन्ने कुरा थोरैलाई मात्रै थाहा होला ।

    जिल्लामा कुनै बेला सर्जनहरुले कुरेर एनेस्थेसियालोजिष्टको समय लिनु पर्दथ्यो । त्यसो त यहाँका न्यून एनेस्थेसियोलोजिष्टहरुले रातमा पनि सुत्न नपाएर शल्यक्रिया कक्षमै कामको सीलसिलामा रात बिताउनुपर्ने हुन्थ्यो । त्यस्तै एक जना महत्वपूर्ण पात्र डा. न्यौपाने हुनुहुन्छ ।

    रत्ननगर नगरपालिका वडा नम्बर १२ जयमंगलामा विसं २०१७ साल पुस २३ गते जन्मिनुभएका न्यौपाने जिल्लामै जन्मिएका चिकित्सक मध्ये दोस्रो हुनुहुन्छ । त्यसो त जिल्लाको एनेस्थेसियामा स्नातकोत्तर (एमडी) गर्ने पहिलो चिसित्सक उहाँ हुनुहुन्छ । जिल्लामा एनेस्थेसियाको क्षेत्रमा सेवा दिने चौथो चिकित्सक उहाँ हुनुहुन्छ ।

    डा. न्यौपानेले पूर्वी चितवनको पञ्चकन्या माविमा कक्षा ७ सम्मको अध्ययन गर्नुभयो । कक्षा ८ देखि एसएलसीसम्मको शिक्षा नेपाल माविबाट पूरा गर्नुभयो । त्यहीबाट उहाँले विसं २०३३ सालमा एसएलसी उत्तीर्ण गर्नुभयो । जिल्लामा आठ जनाले प्रथम श्रेणीमा उत्तीर्ण गरेकामध्ये डा. न्यौपाने एक हुनुहुन्थ्यो ।

    त्यसपछि चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजञ्ज क्याम्पसबाट वि. सं. २०३७ सालमा हेल्थ असिष्टेन्ट उत्तीर्ण गरी यसपछिको ६ वर्ष चितवन, नवलपरासी र पर्सा जिल्लाका बिभिन्न स्वास्थ्य संस्थामा सेवा गर्नुभयो । वि. सं. २०४३ सालमा तत्कालिन सोभियत संघको युक्रेनमा उहाँले त्यहाँको एमडी (यहाँको एमबिबिएस सरह) अध्ययनका लागि जानु भयो । विसं २०५० सालमा एमडी (यहाँको एमबिबिएस सरह)को चिकित्सक भई चिकित्सकीय सेवा दिन आफ्नै जिल्लालाई कर्मथलो बनाउनुभयो । न्यौपानेले परिवार नियोजन संघमा ६ वर्ष सेवा गर्नुभयो ।

    उहाँले विसं २०५६ सालमा विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा सेवा सुरु गर्नुभयो । त्यस पछि वि.सं २०५७ सालमा बिपि कोईराला इन्चिच्यूट अफ हेल्थ साइन्स (विपिकेआइएचएस) धरानमा एनेस्थेसियोलोजिष्ट एण्ड क्रिटिकल केयरमा विशेषज्ञता हासिल गर्नका लागि तीन वर्ष त्यहाँ बिताउनुभयो । वि. सं. २०६० सालमा एमडी उत्तीर्ण गरी त्यसपछिको उहाँको जीवन वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमै बिरामीको सेवामा समर्पित भयो ।

    दिनको समयमा क्यान्सर अस्पताल र साँझ बिहान भरतपुरका निजी अस्पतालका बिरामीको सेवामा उहाँ लागिरहनुभयो । उहाँ भन्नुहुन्छ “भरतपुर अस्पतालका डाक्टर माणिकलाल मानन्धर दाजु र मैले जिल्लाका सबै अस्पतालको शल्यक्रिया धान्नु पथ्र्यो ।” अहिलेसम्म झण्डै आफ्नो नेतृत्वमा एक लाखलाई सेवा दिएको बताउँदै उहाँले थप्नुभयो “धेरै रात मैले शल्यक्रिया कक्षमा काममा बिताएको छु ।” त्यतिवेला साना साना शल्यक्रियाका लागि पनि राजधानी धाउनुपर्ने बाध्यता थियो । न्यौपाने सँगै चिकित्सक थपिदैं जाँदा सबैखालका शल्यक्रिया यही हुने गरेका छन् ।

    कुनै पनि बिरामीको शल्यक्रिया गर्नुअघि उपयुक्त हुने वा नहुने छनोट गर्ने मुख्य चिकित्सक एनेस्थेसियोलोजिष्ट हुने गर्दछ । त्यसो त शल्यक्रियाको अवस्थाअनुसार शरीरका पूरै वा आंशिक अंग बेहोस् बनाउनुपर्ने हुन्छ । यो महत्वपूर्ण भूमिका निर्वाह गर्ने चिकित्सक बाह्य रुपमा नदेखिएर पर्दाभित्रको हिरोको रुपमा चित्रण गर्न सकिन्छ ।

    दुई सयभन्दा बढी शल्यचिकित्सकसँग काम गरेको उहाँसँग अनुभव छ । विगत दुई दशकदेखि चितवनको भूमिमा बिरामीको सेवामा समर्पित डा. न्यौपानेले विगतलाई सम्झँदै भन्नुभयो “शल्यक्रियाको बढी चाप र एनेस्थेसियोलोजिष्टको संख्या कम हुनुको करणले बिरामीले शल्यक्रिया कुर्नुपर्ने बाध्यता थियो । मेरै समय कुरेर तीन चार दिनसम्म बिरामी बस्नुपर्ने अवस्था पनि थियो ।” जिल्लाका अधिकांश अस्पतालका शल्यक्रिया कक्षमा उहाँले काम गरेको अनुभव छ ।

    भरतपुर अस्पताल, दुई मेडिकल कलेजमा एनेस्थेसियोलोजिष्ट अभावमा त्यहाँको सेवा अबरुद्ध नहोस् भनेर स्वयंसेवी सेवा गर्नुभएको छ । पछिल्ला दिनहरुमा एनेस्थेसियोलोजिष्ट चिकित्सक थपिँदै गएपछि शल्यक्रियाको काममा दबाब घट्दै गएको उहाँले बताउनुहुन्छ । अहिले जिल्लामा यो संख्या ४० हाराहारी पुगेको छ ।

    वि.संंं. २०१२ सालमा लम्जुङको दुराडाँडाबाट हजुरबुबासँगै बुबा बन्धुराज न्यौपाने र आमा निर्मलादेवी न्यौपाने चितवन बसाइँसराई गर्नुभयो । उपप्रधानपञ्च, विद्यालयका अध्यक्ष, परिवार नियोजन संघ, नेपाल रेडक्रस लगायत सामाजिक क्षेत्रमा बुबाको योगदानको कारण न्यौपानेलाई सामाजिक क्षेत्रमा लाग्ने प्रेरणा मिलेको छ । उहाँले रोटरीका विभिन्न पदमा रहेर मुख्य दाताको भूमिका निर्वाह गर्नुभएको छ ।

    नेपाल चिकित्सक संघका पूर्वकेन्द्रीय सदस्य, रेडक्रसका विशिष्ट सदस्य, सोसाइटी अफ एनेस्थेसियोलोजिष्ट अफ नेपालका पूर्वकेन्द्रीय सदस्य, चितवनका संस्थापक अध्यक्ष, नेप्लिज एसोसिएसन अफ प्यालेटी केयरका निवर्तमान अध्यक्ष रहनुभएका उहाँले विभिन्न सामाजिक संघसंस्थामा सेवा पु¥याउँदै आउनुभएको छ ।

    आफूमात्रै चिकित्सा क्षेत्रमा नभएर बुहारीलाई आफैले पढेको बिषयमा पढाएर आफ्नै बिभागमा अनुभवलाई आदान प्रदान गर्दै आउनु भएको छ । न्यौपानेका दुई छोरा चिकित्सक हुनुहुन्छ । क्यान्सर अस्पतालमा बिभागीय प्रमुखदेखि उपनिर्देशकसम्म रहेर लामो समयको अनुभव पछि अवकाश पाउनुभएका न्यौपाने हाल भरतपुर र नवलपुरका विभिन्न निजी अस्पतालमा कार्यरत हुनुहुन्छ । उहाँ नवलपुरको कालिगण्डकी अस्पतालको हालको कार्यकारी अध्यक्ष हुनुहुन्छ । उहाँले क्यान्सर अस्पतालमा रहँदा हस्पिस एण्ड प्यालिएटिक कियर स्थापना गरी १६ वर्ष संयोजकको भूमिकामा रहेर योगदान गर्नुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.