सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले चितवन १ बाट उम्मेदवार बन्न दिए आवेदन


  •    न्युजभित्तो/१७ भाद्र २०७९, शुक्रबार १५:५९ 
  • चितवन,भदौ १७। चितवन क्षेत्र नम्वर १ मा नेकपा एमालेका तर्फबाट प्रतिनिधी सभा सदस्यका लागि केन्द्रिय उपाध्यक्ष सुरेन्द्र पाण्डे दावी पेश गरेका छन् । आज (शुक्रवार) एमाले क्षेत्रीय समन्वय कमिटिको भेलामा उपाध्यक्ष पाण्डेले उम्मेदवार वन्न निवेदन दिएका हुन् ।यस क्षेत्रबाट तेश्रो कार्यकालका लागि प्रत्यक्ष निर्वाचनमा सहभागी हुन पाण्डेले उम्मेदवारी दिएका हुन् ।

    वि.सं. २०७० र वि.सं. २०७४ को निर्वाचनमा पाण्डे यसै निर्वाचित भएका थिए । दुवै निर्वाचनमा उनले काँग्रेसका नेता राजेन्द्र प्रसाद बुर्लाकोटीलाई भारी मतान्तरले पराजित गरेका थिए । पुर्व अर्थमन्त्री समेत रहेका पाण्डे विकासप्रेमी नेताका रुपमा परिचित छन् । क्षेत्रिय समन्वय कमिटीले आवेदकको नाम जिल्ला मार्फत प्रदेशमा पठाउने छ । समानुपातिक सदस्यका लागि भने भदौ २० गते पार्टीको जिल्ला कार्यालयमा आवेदन दिन सकिने जनाइएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.