सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुर महानगरपालिकाले तोक्यो निर्माण सम्पन्न गर्न अन्तिम समय सीमा


  •    न्युजभित्तो/१७ भाद्र २०७९, शुक्रबार १७:०० 
  • भरतपुर,भदौ १७। भरतपुर महानगरपालिकाले म्याद सकिएर निर्माण नभएका आयोजनाहरुलाई अन्तिम समय सीमा तोकेको छ । भरतपुर महानगरपालिकाको सभाहलमा आज (शुक्रबार) निर्माण व्यवसायीहरुसँग भएको छलफलले ७ वर्षदेखि अलपत्र भएका आयोजनाहरुलाई अन्तिम समय सीमा तोकिएको हो ।

    भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले खरिद ऐन सम्झौता अनुसार पटक–पटक म्याद थप भएका आयोजनालाई स्पष्टीकरण माग गर्ने र चित्त बुझदो जवाफ नआए कानुनी प्रकृया अगाडि बढाउन सम्बन्धीत निकायलाई निर्देशन दिनुभयो ।
    मेयर दाहालले महानगरपालिकाले कुनै पनि स्वार्थ र गलत उदेश्य नराखेकाले राजनैतिक आस्था, नाता सम्बन्ध र निकटताको आधारमा कोहीलाई पनि छुट नहुने स्पष्ट पार्नुभयो । ‘दुई वर्षमा सम्पन्न गर्नुपर्ने काम ६ वर्ष पुरा हुँदा पनि सम्पन्न भएको छैन, उहाँले भन्नुभयो,‘ ६ वर्षसम्म निर्माण सामाग्री अभाव भएन होला ।

    बाहाना कहिलेसम्म बुन्नु हुन्छ ? ’महानगरपालिकाले निर्माण व्यवसायीलाई सहजीकरण गर्दै आएको भएपनि तथ्यहिन बाहाना बनाएर काम रोक्ने परिपाटी विकास भएको मेयर दाहालको धाराणा थियो । छलफलका क्रममा मेयर दाहालले आयोजनाको काम किन रोकिएको भन्दै निर्माण व्यवसायीलाई प्रश्न गर्नुभयो । यस्तै उपप्रमुख चित्रसेन अधिकारीले विभिन्न बाहाना बनाएर विकास निर्माणका कामहरु रोक्न नमिल्ने बताउनुभयो । निर्माण व्यवसायीहरुको औजार उपकरणहरु अनुगमन तथा निरीक्षण गरी लाईसन्सको नविकरण गर्नुपर्ने उपमेयर अधिकारीको तर्क थियो ।निर्माण व्यवसायीलाई परेका समस्याको निकास दिन महानगरपालिका सदैव तयार रहेको उल्लेख गर्नुभयो । यस्तै कार्यक्रममा अधिकांश वडाअध्यक्षहरुले समयमा काम सम्पन्न नगर्ने निर्माण व्यवसायीहरुलाई कालोसुचीमा राखेर ठेक्का रद्द गर्नुपर्ने धाराणा राखेका थिए ।
    निर्माण व्यवसायीहरुले यसअघि गरेको प्रतिवद्धता अनुसार एक प्रतिशत पनि काम नबढाएको भन्दै जिम्मेवार बन्न उनीहरुलाई आग्रह समेत गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी अस्मान तमाङले निर्माण व्यवसायीहरुलाई जुन कुनै समय र विषयमा सहजीकरण गर्न प्रशासन तयार रहेको बताउनुभयो ।
    भरतपुर महानगरपालिकामा ०७६ सालदेखि काम सम्पन्न नभएका आयोजनहरु अहिले पनि अलपत्र छन् । महानगरमा वडा स्तर, महानगर, प्रदेश, संघ तथा राष्ट्रिय गौरवका आयोजनाहरु लामो सयमदेखि निर्माण व्यवसायीको ढिलासुस्तीले निर्माण सम्पन्न हुन सकेको छैन । महानगरपालिकाले निर्माण व्यवसायीको आग्रहमा म्याद थप गर्दिदै आइरहेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.