सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कुलमान र प्रचण्डले गैंची चलाएर सुरू भयो भरतपुरका शहरी क्षेत्रको विद्युत लाइन भूमिगतको काम


  •    न्युजभित्तो/१८ भाद्र २०७९, शनिबार १०:४१ 
  • भरतपुर, १८ भदौ । नेपाल विद्युत प्राधिकरणले भरतपुरका बजार क्षेत्रका सडकमा वितरण प्रणाली भूमिगत तथा सुदृढीकरण कार्य शुभारम्भ गरेको छ। पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत प्राधिकरणको भरतपुर वितरण केन्द्रको कार्यक्षेत्रमा पर्ने बजार क्षेत्रको काम शनिबारबाट सुरु गरिएको हो।

    पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आयोजनाको शिलान्यास गरे। भरतपुर महानगर कार्यालयको अगाडि पूर्व(पश्चिम राजमार्गको छेउमा प्रचण्डले गैंची चलाएर आयोजनाको आरम्भ गरेका थिए।

    नेपाल सरकार र प्राधिकरणको संयुक्त लगानी तथा एशियाली विकास बैंकको ऋण सहयोगमा पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजना सुरु भएको हो। आयोजनाले कास्कीको पोखरा वितरण केन्द्र तथा चितवनको भरतपुर वितरण केन्द्रअन्तर्गत पर्ने मुख्य सहरी सडकहरुको विद्युतलाइनहरु भूमिगत गर्ने तथा ट्रान्सफरमरहरु सुदृढीकरणरथप गर्ने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए। आयोजनाले अप्टिकल फाइवर केवल बिछ्याउने तथा वितरण प्रणाली स्वचालन गरिने उनले बताए।

    परियोजना प्रमुख वीरेन्द्रकुमार झाले वितरण प्रणालीलाई भूमिगत र आवश्यकताअनुसार ओभरहेडरुपमै पनि सुदृढीकरण गरिने बताए। हाल जडित ट्रान्सफरमरहरुको क्षमता अभिवृद्धी गर्ने तथा नयाँ वितरण ट्रान्सफरमरहरु थप गर्ने झाले बताए।

    भारतको टाटा प्रोजेक्ट्स लिमिटेडसँग २०२२ जनवरी २० मा सम्झौतागरी कार्य प्रारम्भ भइसकेको प्राधिकरणले जनाएको छ। यो आयोजना २ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ।

    शिलान्यास कार्यक्रममा पूर्वप्रधानमन्त्री दाहालले विद्युतीय लाइन भूमिगत गर्ने कामले स्मार्ट सिटी भरतपुरको लक्ष्यमा सघाउने बताए। उनले यो कार्य विकासमात्रै नभएर जनताको सुरक्षा र सहरको सौन्दर्यसँग जोडिएको बताए।

    भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले विद्युत वितरण प्रणाली भूमिगत तथा सुदृढीकरणले भरतपुरलाई व्यवस्थित सहर बनाउने र स्मार्ट सिटीकारुपमा विकास गर्न सहयोग पुग्ने बताइन्। यो आयोजनाको पहिलो चरणको कामका लागि करिब ३ अर्व बजेट खर्च हुने प्राधिकरणले जनाएको छ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    एक भारी घाँसका लागि बाबुछोरा नै कर्णालीमा बगेपछि…
    तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो
    साफ च्याम्पियनसिपका लागि खेलाडी छनोट
    • नेप्से परिसूचक १८ अङ्कले घट्यो
    • परराष्ट्रमन्त्री खनालसँग अमेरिकी सहायक विदेशमन्त्री कपुरको भेट
    • प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै
    • चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.