सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवन २ ‘ख’ बाट उम्मेदवार बन्न एमालेका युवा नेता आचार्यले दिए आवेदन


  •    न्युजभित्तो/१९ भाद्र २०७९, आईतवार १५:३९ 
  • चितवन, भदौं १९। एमालेका युवा नेता प्रकाश आचार्यले चितवन–२ ‘ख’ बाट प्रत्यक्षमा वाग्मती प्रदेश सभामा चुनाव लड्न पार्टीमा आवेदन दिएका छन् । आचार्यले एमाले क्षेत्रीय समन्वय कमिटीमा आवेदन दिएर आफ्नो आकांक्षा व्यक्त गरेका हुन् ।आचार्यले २०६० सालबाट विद्यार्थी राजनीति सुरु गरेका थिए । नेकपा एमालेको भरतपुर–११ को वडा अध्यक्षसमेत रहेका आचार्य अहिले अनेरास्ववियुको केन्द्रीय सदस्य हुन् । यसअघि अनेरास्ववियुको जिल्ला अध्यक्ष पनि भइसकेका आचार्यले ग्रामीण विकासमा स्तातकोत्तर गरेका छन् ।

    उनले तीनपटक वडाको नेतृत्व समालिसकेका छन् । उनको नेतृत्वमा पार्टीले दुईपटकसम्म वडा जित्न सफल भएको छ भने संघ र प्रदेशको निर्वाचनमा वडाबाट सबैभन्दा धेरै मत पार्टीले ल्याउन सफल भयो । युवा विद्यार्थी माझ लोकप्रिय आचार्यले पार्टी नेता तथा कार्यकर्ताको माग अनुसार नै आफूले दिएको बताए । युवाहरुलाई पालो दिए मात्रै समाज रुपान्तरण र विकास सम्भव हुने उनको भनाइ छ ।

    आचार्यसहित चितवन–२ ‘ख’ मा प्रदेशतिर ११ जना नेताहरुले आकांक्षा देखाएको क्षेत्रीय समन्वय कमिटीले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    • सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.