सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुर बसपार्कसँगैको जमिन अतिक्रमणमा, खाली गरिदिन राष्ट्रिय सहकारी विकास बोर्डको आग्रह


  •    न्युजभित्तो/१७ भाद्र २०७९, शुक्रबार १०:४८ 
  • चितवन, १७ भदौ । राष्ट्रिय सहकारी विकास बोर्डको केन्द्रीय बस टर्मिनल (भरतपुर बसपार्क) सँगैको जमिन अतिक्रमणमा परेको छ । उक्त जमिनमा व्यापारिक प्रयोजनका लागि बाँसका टहरा निर्माण गरी अतिक्रमण गरिएको हो ।

    जमिन अतिक्रमणमा परेपछि बोर्डले आज भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी उक्त जमिन खालि गरिदिन आग्रह गरेको छ । बोर्डका सहअध्यक्ष मित्रराज दवाडीले बसपार्कभन्दा उत्तरतर्फ रहेको २ विघा ९ कठ्ठा ११ धुर जमिन अतिक्रमणमा परेको बताउनुभयो । उहाँका अनुसार उक्त ठाउँमा व्यापारीहरुले बाँसका टहरा निर्माण गरेर व्यापार गर्दै आएका छन् ।

    बोर्डले भरतपुर महानगरपालिका र जिल्ला प्रशासन कार्यालयमा खाली गरिदिन पत्राचार गरेको भए पनि कुनै पहल नभएको दवाडीले गुनासो गर्नुभयो । उहाँले भन्नुभयो “हामीले महानगर र प्रशासनलाई आग्रह ग¥यौं, कुनै पहल भएन । मिडिया मार्फत् खालीका लागि आग्रह गर्दछौं ।”

    विगत एक महिनादेखि यहाँका संघ संस्थाहरु मार्फत् फुटपाथका व्यापारीहरुलाई अनधिकृत रुपमा खाली जग्गामा बसाउँदै आएकोमा संघको गम्भीर ध्यानाकर्षण भएको उहाँले बताउनुभयो । उहाँले पुनः भरतपुर महानगरपालिका, ९ नम्बर वडा कार्यालय, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई उक्त खाली गरिदिन अनुरोध गर्नुभयो ।

    सहअध्यक्ष दवाडीले बोर्डले कुनै पनि संघ संस्था, व्यापारीहरुसँग लिखित रुपमा कुनै प्रकारको भाडामा लिने दिने सम्बन्धी करार सम्झौता समेत नगरेको जानकारी गराउनुभयो । उक्त जग्गामा ठेकेदारहरुले व्यापारीलाई राखेर दैनिक भाडा असुल्दै आएका छन् ।

    बोर्डको ७ विघा ९ कठ्ठा ११ धुर जग्गा मध्ये ३ बिघा जग्गा ३० वर्ष अघि नै भरतपुर महानगरपालिकालाई बिक्री गरेको थियो । बाँकी जग्गा मध्ये पनि दुई विगाहा महानगरलाई बसपार्क निर्माणका लागि दिएको छ । बाँकी जमिनमा कृषि बजार भवन निर्माण गर्ने योजना बोर्डले अघि सारेको छ ।

    भवन निर्माणका लागि विस्तृत बजार सम्भाव्यता अध्ययन, माटो परीक्षण, व्यवसायिक योजना तथा विस्तृत परियोजना प्रस्ताव (डिपिआर), बजार भवन संचालन मोडालिटी लगायत परामर्श सम्बन्धी कार्य सम्पन्न भईसकेका छन् । यसैगरी नक्सा पासका लागि बजेट निकासा भईसकेको छ भने ईआईए प्रतिवेदन स्वीकृत भईसकेको बोर्डका उपनिर्देशक अनिल पौडेलले जानकारी दिनुभयो ।

    यस अघि नै भवन निर्माणका लागि सरकारले २ अर्ब ५२ करोड ७७ लाख ५३ हजार १ सय ५३ रुपैयाँ ७३ पैसा बजेट सुनिश्चितता गरिसकेको भए पनि समयमा ठेक्का हुन नसक्दा बजेट फिर्ता भएको छ । पुनः बजेट सुनिश्चितता गरी भवन निर्माणको काम छिट्टै अघि बढाईने सहअध्यक्ष दवाडीले बताउनुभयो ।

    राष्ट्रिय सहकारी विकास बोर्ड भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको स्वायत्त निकाय हो । बोर्डका अध्यक्षमा विभागीय मन्त्री रहने व्यवस्था रहेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.