चितवन सेरोफेरो

चितवनको इच्छाकामना-५ ठङराङमा लटरम्म फलेको सुन्तला
-न्युजभित्तो

चितवन, १६ मंसिर।  चितवनको इच्छाकामना–५ ठङराङमा यसबर्ष लटरम्म फलेको सुन्तला फलेको छ । अहिले यहाँ उत्पादन भएको सुन्तला बजारमा जान थालेको छ । तामिन क्षेत्रका धेरै सुन्तलाको बोट मरेपनि ठङराङको बगैँचामा एउटा बोटमा तीन कुन्टलसम्म सुन्तला फलेको तामिन कृषि...

फोहोर गाडेर चितवन महोत्सव गर्ने तयारी भइरहँदा उक्त कार्यको चर्काे विरोध
-न्युजभित्तो

चितवन, १६ मंसिर ।  नारायणी नदी किनारको चौरमा प्लाष्टिकजन्य फोहोर गाडेर चितवन महोत्सव गर्ने तयारी भइरहँदा उक्त कार्यको चर्काे विरोध भइरहेको छ । भरतपुर महानगरपालिकाको स्वीकृतिमा उद्योग वाणिज्य संघ चितवनले १५० टेक्टर फोहोर नदी किनारमा गाडेर चौर सम्याएको छ ।...

भरतपुर अस्पतालमा १० महिनामा छ एचआइभी सङ्क्रमित आमाले स्वस्थ बच्चा जन्माए
-न्युजभित्तो

चितवन,१६ मङ्सिर।  नियमित औषधि सेवन गरिरहेका एचआइभी सङ्क्रमित गर्भवतीले सुरक्षित प्रसूति सेवा लिँदा बच्चा स्वस्थ जन्मिने गरेको छ । भरतपुर अस्पतालमा विगत १० महिनामा छ एचआइभी सङ्क्रमित आमाले स्वस्थ बच्चा जन्माएका हुन् । उनीहरुले जन्माएका बच्चामा एचआइभी सङ्क्रमण नदेखिएको...

नारायणी नदीको अमलटारीमा देखियो डल्फिन
-न्युजभित्तो

चितवन,१६ मंसिर।  नारायणी नदीमा डल्फिन देखिएको छ । नारायणी नदीको अमलटारी घाटमा बुधवार डल्फिन देखिएको हो । नेचर गाइड टेक महतोले ढुंगामा जाँदै गर्दा २ वटा डल्फिन देखेका बताएका छन् । डल्फिन देखेपछि उनले त्यसको फोटो समेत खिचेका छन्...

चितवन र तनहुँ जोड्ने घुमाउनेको पुल निर्माणमा ढिलाइ, आठ वर्षमा ४० प्रतिशत काम
-न्युजभित्तो

भरतपुर, ६१ मङ्सिर।  चितवनको भरतपुर महानगरपालिका र तनहुँको आबुँखैरेनी गाउँपालिकालाई जोड्ने घुमाउनेको पक्की पुल निर्माणको काममा ढिलाइ भएको छ । पुल निर्माण सुरु भएको आठ वर्षमा जम्मा ४० प्रतिशत काम सम्पन्न भएको हो । पोखरालाई तराईसँग जोड्ने सबैभन्दा छोटो...

भरतपुर महानगरले मत्स्य फार्मको विद्युत महशुलमा ५० प्रतिशत अनुदान दिने
-न्युजभित्तो

चितवन,१५ मंसिर।  भरतपुर महागरपालिकाले व्यपसायीक मत्स्य कृषकको लागि विद्युत महशुलमा ५० प्रतिशत अनुदान दिने भएको छ । महानगरले आफ्नो नीति तथा कार्यक्रममा यहाँको कृषि उत्पादनलाई वृद्धि गर्ने लक्ष्य लिएको छ । आर्थिक वर्ष २०७९/०८० को स्वीकृत पशु सेवा विकास कार्यक्रम...

चितवनमा लज्जास्पद नतिजा आउनुमा केन्द्रको दोष छ : नेता पौडेल
-न्युजभित्तो

चितवन,१५ मंसिर ।   नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनमा चितवनको लज्जास्पद नतिजा आउनुको पछाडि केन्द्र दोषी रहेको बताएका छन् । कांग्रेसको केन्द्रीय समितिले सहि तरिकाबाट टिकट वितरण नगर्दा चितवनको नतिजा दुख आएको उनले...

प्रधानमन्त्रीमा मेरो उम्मेदवारी स्वभाविक हो : नेता पौडेल
-न्युजभित्तो

चितवन, १५ मंसिर ।  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा आफ्नो दाबेदारी स्वभाविक रहेको दावी गरेका छन् । नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा वरिष्ठ नेता पौडेलले कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार र त्यसको नेतृत्व आफूले...

रविले सुरु गरे चितवनमा श्रमदान अभियान
-न्युजभित्तो

चितवन, १४  मंसिर। भर्खरै सम्पन्न आमनिर्वाचनमा विजयी भएका कतिपय उम्मेदवारहरु बधाई खानमै व्यस्त छन् । तर चितवन क्षेत्र नं.२ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लाछिाने भने निर्वाचित भएको प्रमाणपत्र ग्रहण गरेलगत्तै जनताका स–साना समस्या समाधान गर्नतर्फ अग्रसर...

भावी सरकारबारे रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी ‘पर्ख र हेर’ को अवस्थामा
-न्युजभित्तो

चितवन,१४ मंसिर।  पहिलो प्रयासमै संसद्मा बलियो उपस्थिति निश्चित गरेको राष्ट्रिय स्वतन्त्र पार्टी सरकार गठनका सन्दर्भमा भने ‘पर्ख र हेर’ को अवस्थामा देखिएको छ । चितवनबाट निर्वाचित भएसँगै सरकारमा सहभागी नहुने प्रतिक्रिया दिएका रवि लामिछानेले अहिलेसम्म भावी सरकारलाई लिएर कुनै...