सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रत्ननगरका विद्यालयमा एक करोड तीन लाख रुपैयाँ बेरुजु


  •    न्युजभित्तो/२० पुष २०७९, बुधबार १६:३९ 
  • चितवन,२० पुस । चितवनको रत्ननगरका विद्यालयहरुमा एक करोड तीन लाख रुपैयाँ बेरुजु रहेको छ । नगरकार्यपालिका अन्तर्गतका सामुदायिक तथा संस्थागत विद्यालयहरुका प्रधानाध्यापकस्तरीय बैठकमा सरकारी विद्यालयमा बेरुजु बढेको भन्दै नगरप्रमुख प्रल्हाद सापकोटाले चिन्ता व्यक्त गरेका हुन् । विद्यालयले समयमै बिल पेस नगर्दा महालेखाले एक करोड तीन लाख रुपैयाँ बेरुजु औँल्याएको उनको भनाइ थियो ।

    कार्यक्रममा नगरप्रमुख सापकोटाले विद्यालयहरुमा नियमित हाजिर नगर्ने, सार्वजनिक खरिद प्रक्रिया नअपनाउने, भुक्तानी भइसक्दासमेत बिल भर्पाइ फछ्र्योट नगर्नेजस्ता समस्या देखिएकाले यस्तो प्रवृत्ति अन्त्य गर्न प्रधानाध्यापकहरुलाई निर्देशन दिए । रत्ननगर नगरपालिकाले विद्यालयको हितमै काम गरिरहेकाले प्रशासनिकरूपमा कुनै पनि समस्या झेल्नु नपर्ने उनले बताए ।

    रत्ननगर नगरशिक्षा कार्यालयद्वारा आयोजित बैठकले सामुदायिक तथा संस्थागत विद्यालयहरुमा देखिएका समस्या समाधान गर्न निर्देशन दिइएको थियो । नगरपालिकाका उपमेयर यादवप्रसाद पाठकले विद्यालयको निर्माण कार्यमा विधि प्रक्रिया अपनाउन आग्रह गरे । उनले भने, ‘भुक्तानी प्रक्रियामा चितवनमै हामी नमुना छौँ । कर्मचारीले दुःख दिएको भए गुनासो गर्नुस् । तर, समयमै काम गर्नुस् ।’
    सबैभन्दा बढी बेरुजु विद्यालयमै देखिएकोले प्रशासनिक काममा चुस्तता अपनाउन उनले आग्रह गरे ।

    प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले विद्यालयहरुको शैक्षिक प्रगति सन्तोषजनक नरहेको र निर्माणका काम प्रभावकारी नभएकोबारे नगरपालिकाको ध्यानाकर्षण भएको बताए । उनले भने, ‘विगतमा बेरुजु देखिने गरी काम भयो । अब अन्तिम रिपोर्ट पेश नगरेसम्म भुक्तानी दिइँदैन ।’ उनले शिक्षक, कर्मचारी, वडाध्यक्ष र राजनीतिक दलको नेतालाई विद्यालय व्यवस्थापन समितिमा नराख्नसमेत निर्देशन दिए । संस्थागत कुराहरुलाई मनन गरेर अगाडि बढ्नसमेत उनले प्रधानाध्यापकलाई निर्देशन दिए ।

    नगरशिक्षा अधिकारी बद्रीनारायण शर्माको अध्यक्षतामा सम्पन्न बैठकमा शर्माले विद्यालयहरुलाई समयमै कार्यसम्पादन गर्न, शिक्षक तथा कर्मचारीको तलब वितरण गर्न र आगामी दिनमा गुनासो नआउनेगरी प्रभावकारीरूपमा काम गर्न निर्देशन दिए । विद्यालयमा जुनसुकै समस्या आएमा नगरशिक्षा कार्यालय समन्वय गर्न तत्पर रहेको उनको भनाइ थियो । त्यस्तै बैठकले माघ १४ देखि १६ गतेसम्म राष्ट्रिय रनिङशिल्ड प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.