सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुर मेयर दाहालद्वारा पश्चिम चितवनमा चार डिप बोरिङको उद्घाटन, किसान खुसी


  •    न्युजभित्तो/२३ पुष २०७९, शनिबार १६:०५ 
  • चितवन,२३ पुस । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले एकै दिनमा चार वटा ठूला डिप ट्युबेल सिँचाई प्रणालीको उद्घाटन गरेकी छन् । शुक्रबार भरतपुर महानगर–२३ स्थित विभिन्न स्थानमा निर्माण सम्पन्न भएका ४ डिप बोरिङको उद्घाटन गरेकी हुन् । चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजनाका प्रमुख देवकुमार स्याङबोका अनुसार चार वटा डिप बोरिङ तीन करोड ४७ लाख ३१ हजार ८६५ रुपैयाँ लागतमा निर्माण भएको हो ।

    डिप बोरिङहरु पूर्णरुपमा सञ्चालनमा आएसँगै भरतपुर–२३ को १२० बिघामा आकाशे पानीको भर पर्नुपर्ने अवस्था हटेको छ । प्राविधिका अनुसार एक डिप बोरिङले ४० देखि ६० बिघा क्षेत्रफल जग्गालाई प्रर्याप्त रुपमा सिँचाई गर्न पुग्छ । महानगरकी मेयर दाहालले सिँचाइको अभाव भएको स्थानमा महानगरपालिकाले सिँचाइका योजना अगाडि बढाएको बताइन् । कृषिको प्रचुर सम्भावना रहेको पश्चिम चितवनलाई पुग्ने गरी सिँचाइको दियो अभियानअन्तर्गत नारायणी लिफ्ट सिँचाइको मर्मत गर्ने काम भइरहेको बताइन् । उनका अनुसार अहिले अल्पकालिन रुपमा डिप ट्युबबेल निर्माणको कार्य अगाडि बढाइएको हो । निर्माण समपन्न भएपछि आगामी दिनमा भरतपुर

    महानगरपालिकामा सिँचाइको अभाव नहुने दाहालको दाबी छ । आफ्नो पाँच वर्षे कार्यकालमा ५६२ वटा ट्युबेल निर्माण भएको उनले बताइन् । कृषि उत्पादनलाई वृद्धि गर्न सुख्खाग्रस्त क्षेत्रमा भूमिगत सिँचाईमार्फत् १२ महिना नै सिँचाइको प्रबन्ध मिलाउने गरी महानगरका २९ वटा वडामा बोरिङका कार्यक्रमहरु सञ्चालन भइरहेको प्रमुख दाहालको भनाइ छ ।

    चितवन भूमिगत सिँचाई आयोजनामार्फत भरतपुरमा ३० वटा डिप बोरिङ र २०० स्यालो ट्युबवेल निर्माण भइसकेको आयोजनाका प्रमुख स्याङबोले जानकारी दिए । सिँचाइको व्यवस्था भएसँगै कृषकहरु खुसी भएका छन् । भरतपुर–२३ का स्थानीय कृषक ईश्वरप्रसाद सापकोटाले १२ महिना सिँचाइ हुने भएपछि तोरीको उत्पादन बढेर जाने बताए । धेरै वर्षदेखि सिँचाइको अभावमा एक बाली मात्रै लगाउनुपर्ने बाध्यता रहेको भन्दै उनले डिप बोरिङको प्रयोगले उत्पादन वृद्धि हुनुका साथै बेमौसमी खेती लगाउन सकिने उल्लेख गरे ।

    भरतपुर २३ का अर्का कृषक नन्दलाल चौधरीले डिप बोरिङले तेब्बर उत्पादन वृद्धि हुने अपेक्षा लिएको बताए । चौधरीले सधै १० मुरी धान आउने खेतमा अब भने ३० मुरी फल्नेमा आफू पूर्णरुपमा आशावादी रहेको सुनाए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.