सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कालिका नगरपालिकामा पोषण कार्यक्रम सञ्चालनको तयारी


  •    न्युजभित्तो/२१ पुष २०७९, बिहीबार १७:४४ 
  • चितवन, २१ पुस । कालिका नगरपालिकाले चेपाङ् बालबालिकाका लागि पोषणसम्बन्धी कार्यक्रम सञ्चालनको तयारी गरेको छ । बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र नगरपालिकाको सहकार्यमा सो कार्यक्रम सञ्चालन हुने छ ।

    प्रदेश सरकारको रु १६ लाख र पालिकाको रु चार लाखको बजेटमा कार्यक्रम गर्न लागिएको हो । अहिले पालिकाले स्थलगत तथ्याङ्क सङ्कलनको काम गरिरहेको नगरप्रमुख विनोद रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार यस कार्यक्रम अन्तर्गत एक हजार सुनौला दिनमा गर्भवती र बच्चालाई लक्षित गरी कार्यक्रम अघि वढाउन लागिएको हो ।

    आमा र बच्चा दुबैलाई पोषण, स्वास्थ्य र सरसफाइमा ध्यान दिइने छ । नगर प्रमुख रेग्मीले भन्नुभयो “यो बजेट बढाएर रु एक करोडसम्म पु¥याउनुपर्छ ।” यस कार्यक्रमलाई आयआर्जनसँग समेत जोड्नु पर्ने उहाँको भनाइ छ । चेपाङ बालबालिकामा अहिले स्वास्थ्यमा विभिन्न समस्या देखिन थालेसँगै यो कार्यक्रम ल्याइएको उहाँले जानकारी दिनुभयो । बालबालिकामा कुपोषणको समस्या समस्या देखिने गरेको छ । बच्चा होचा, पुड्का हुने गरेका छन् ।

    चेपाङ् समुदायमा धेरै कमको मात्र आफ्नो उत्पादनले वर्ष दिनपुग्छ । अधिकांशको उत्पादनले ६ महिना पु¥याउन मुस्किल हुन्छ । मेलापातसँगै वनका कन्दमूल गिठ्ठा भ्याकुरले जीवन गुजार्नुपर्ने बाध्यता रहेको नगर प्रमुख रेग्मी बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.