चितवन, २१ पुस । जिल्लाको पहाडी क्षेत्रमा लगाईएको गाँजा र अफिम प्रहरीले नष्ट गरेको छ । राप्ती नगरपालिकामा २० बिगाहमा लगाईएको गाँजा र ७ कठ्ठामा लगाईएको अफिम नष्ट गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक विजयराज पण्डितका अनुसार कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरी अधिकारीको नेतृत्वमा गएको टोलिले दुई दिन लगाएर गाँजा र अफिम नष्ट गरेको छ ।
राप्ती नगरपालिका वडा नं. ११ स्थित थाकलटार, बराईनटार, डिहीटार र रेवतीखोला र वडा नं. १२ स्थित तिरुवा, बड्यालपोखरी, होङपुङ, म्यातराङ र च्यात्राङमा लगाएको गाँजा र अफिम नष्ट गरिएको हो ।