सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुरमा भएको सार्वजनिक सुनुवाईमा सरकारी कार्यालयका कामबारे दुई दर्जन बढी गुनासो


  •    न्युजभित्तो/२३ पुष २०७९, शनिबार १६:२४ 
  • चितवन,२३ पुस।  भरतपुर महानगरपालिकाभित्र भएका विभिन्न समाजिक सुधार र विकास निर्माणको कामहरुमा नागरिकले दुई दर्जन बढी गुनासो गरेका छन् ।
    भरतपुर महानगरपालिको आयोजनामा शुक्रबार आर्थिक वर्ष ०७९÷८० को प्रथम चौमासिकमा भएका कामको सार्वजनिक सुनुवाईमा नागरिकले सरकारी निकायहरुको कार्यशैलीप्रति प्रश्न उठाएका हुन् । सहभागीहरुले ६ लेन सडकमा भत्काइएको संरचना, फोहर व्यवस्थापन, घरबाहल कर, ड्रेनको निर्माण, समानुपातिक विकास, भरतपुरका सडकको चौडाई, विमानस्थल विस्तारबारे दुई दर्जन बढी प्रश्न सोधेका थिए ।

    कार्यक्रममा नागरिकको गुनासो सुनेपछि भरतपुरकी मेयर दाहालले निर्माणधिन राष्ट्रिय गौरवको आयोजनालाई यो कार्यकालमा पूर्णता दिने दाबी गरिन् । भरतपुरमा निर्माधिन राष्ट्रिय गौरवको आयोजना र निर्माण हुने सिग्नेचर ब्रिज, अलपत्र अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला र ल्याण्डफिल साइटको कामलाई पूर्णता दिने उल्लेख गरिन् ।

    एकान्टेविलिटी इनिसियटिभ प्रालिको संयोजनमा भएको कार्यक्रममा भरतपुर महानगरपालिकाका निमित्त कार्यकारी प्रमुख गणेश नेपालीले प्रथम चौमासिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा एक दर्जन बढी सहभागीले भरतपुर महानगरपालिका र अन्य सेवा प्रवाह निकायहरुले प्रदान गर्ने कामबारे गुनासो एवम् सुझाव राखेका थिए ।

    सहभागीहरुले गुनासो तथा सुझावहरुको भरतपुर महानगरपालिकाका सीडीई लक्ष्मी भण्डारी, वातावरण महाशाखा प्रमुख विराट घिमिरे, विद्युत प्रधिकरणका प्रमुख, जिल्ला प्रहरी कार्यालयका डिएसपी नरहरि अधिकारी, प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, भरतपुर महानगरपालिका राजस्व महाशाखा प्रमुख बिसुराम कुँवर, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारीलगायतले जवाफ दिएका थिए ।

    भरतपुर महानगरपालिका प्रमुख दाहालले भरतपुरमा देखिएको फोहर व्यवस्थापनको कामलाई उच्च प्राथामिकतामा राखेर अघि बढेको उल्लेख गरिन् । महानगरपालिकालाई स्मार्ट सिटी निर्माण गर्ने योजना अनुरुप अन्य कार्यहरु निर्वाध रुपमा अघि बढे पनि फोहर व्यवस्थापनका लागि ल्याण्ड फिल्ड साइट निर्माण गर्ने कार्यले गति नलिएको बताइन् ।

    उनले जलदेवी सामुदायिक वनको १६ बिघा क्षेत्रफलमा निर्माण गर्न लागिएको ल्याण्ड फिल्ड साइटमा दातृ निकायले कुनै निष्कर्ष नदिँदा बिलम्ब भएको जानकारी दिइन् । अब केही सयम यो निकायलाई पर्ख र हेरको अवस्था महानगरपालिका रहेको भन्दै उनले संघीय सरकारको सहयोगमा भए पनि काम अगाडि बढाउने मनस्थितिमा महानगर रहेको विचार राखिन् ।

    मेयर दाहालले कुनै पनि कुरामा गुनासो नआउने गसरी काम अगाडि बढाउन सम्बन्धित महाशाखा, शाखाका कर्मचारीहरुलाई निर्देशन समेत दिइन् । उनले महानगरपालिकाको कामलाई छिटो छरिदो बनाउन नयाँ सुविधा सम्पन्न प्रशासकीय भवन निर्माण गर्न लागेको पनि प्रष्ट पारिन् ।
    कार्यक्रममा प्रमुख जिल्ला अधिकारी अस्मान तमाङले राष्ट्रिय परिचय–पत्र र ई पासपोर्टको सेवा लिन आउने नागरिकलाई सहज रुपमा सेवा प्रवाह गर्न जिल्ला प्रशासन कार्यालय कटिबद्ध रहेको बताए । उनले जिल्ला प्रसाशन कार्यालयमा हुने कामबारे कुनै गुनासो भए प्रमुख जिल्ला अधिकारीको सार्वजनिक मोबाइल नम्बरमा फोन गर्न आग्रह गरे ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.