सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुरमा शीतलहरको प्रभावबाट जोगिन महानगरको आग्रह


  •    न्युजभित्तो/२० पुष २०७९, बुधबार १५:३६ 
  • चितवन, २० पुस । भरतपुर महानगरपालिकाले शीतलहरको प्रभावबाट जोगिन सर्वसाधरणहरूमा सजगता अपनाउन आग्रह गरेको छ ।

    जाडोयाम सुरु भएसँगै महानगरमा पनि शीतलहरको प्रभाव पर्न सक्ने भएकाले चिसोबाट बच्न सार्वजनिक सूचनामार्फत आग्रह गरेको हो ।
    महानगरले आज एक सूचना प्रकाशित गर्दै गोडा माथिदेखि नै बाक्लो तथा न्यानो कपडा लगाउन, कोठा न्यानो पार्न र प्रयाप्त हावा ओहरदोहर हुने व्यवस्था मिलाऊन आग्रह गरेको छ । शीतलहरले सबैभन्दा बढी बालबालिका, वृद्धवृद्धा, महिला तथा दीर्घ रोगीहरूलाई प्रभाव पार्ने हुँदा सतर्कता अपनाउन आग्रह गर्दै आमाको दूध खाने बच्चाहरुलाई नियमितरूपमा स्तनपान गर्न तथा तातो तथा पोषिलो झोल पदार्थहरू प्रशस्त मात्रामा सेवन गर्न अनुरोध गरेको छ । कोठामा आगो, मकल, कोइला, हिटर बाली झ्याल ढोका बन्द गरेर सुत्दा श्वास फेर्न नसकी निसास्सिएर मृत्युसमेत हुन सक्ने भएकाले सजगता अपनाउन सूचनामा महानगरले आग्रह गरेको छ ।

    महानगरपालिकाका प्रमुख रेनु दाहालले आगो बालेको ठाउँमा बच्चाहरूलाई एक्लै नछाड्न, धुमपान तथा मध्यपान सेवन नगर्न र स्वास्थ्यसम्बन्धी कुनै समस्या आइपरेमा तुरुन्त नजिकको स्वास्थ संस्थामा सम्पर्क राख्न समेत अनुरोध गरेकी छन् । यसैगरी शीतलहरका बखत सकेसम्म घर बाहिर खुल्ला स्थानमा धेरैबेर नबस्न र शीतलहरका बखत पाल्तु पशुपंक्षीलाईसमेत असर पर्ने हुँदा सकेसम्म खुल्ला स्थानमा नराखी गोठ, टहरामै राखी प्रर्याप्त घाँस,पराल, दानापानी खुवाउन पनि दाहालले आग्रह गरेकी छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.