सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा कैदीबन्दीको चाप बढेसँगै १५ महिलाको स्थानान्तरण


  •    न्युजभित्तो/२० पुष २०७९, बुधबार १६:४२ 
  • चितवन, २० पुस। कारागार कार्यालय चितवनका कैदीबन्दीको चाप बढेसँगै कारागार प्रशासनले १५ महिला कैदीबन्दीलाई स्थानान्तरण गरेको छ । उनीहरुलाई मकवानपुरको भीमफेदी कारागार पठाइएको हो ।

    कार्यालयका प्रमुख कमलप्रसाद आचार्यका अनुसार २५ कैदीबन्दीको क्षमता रहेको महिला कैदीबन्दी गृहमा ६८ जना पुगेपछि उनीहरुलाई स्थानान्तरण गरिएको हो । योसँगै अहिले यहाँको महिला कैदीबन्दी गृहमा ५२ जना रहेका छन् । उनीहरुसँग चारजना आश्रित बालबालिका छन् । उनीहरुलाई पुस १२ गते स्थानान्तरण गरिएको उहाँले बताउनुभयो । भीमफेदी कारागारमा महिलाका लागि नयाँ कैदीबन्दी गृह बनेसँगै उनीहरुलाई स्थानान्तरण गरिएको हो । यस अघि मकवानपुरमा महिला कैदीबन्दी गृह थिएन । जसका कारण त्यहाँबाट कारागार कार्यालय चितवन पठाउने गरिन्थ्यो । कारागार कार्यालय चितवनमा अहिले सात सय २८ पुरुष कैदीबन्दी छन् । दुई सय ५५ जनाको क्षमता रहेको यस पुरुष कैदीबन्दी गृहमा कैदीबन्दीको चाप उच्च रहेको छ ।

    छिमेकी जिल्ला नवलपुरमा कारागार कार्यालय नहुँदा त्यहाँका कैदीबन्दीसमेत यहाँ आउने भएकाले चाप बढेको हो । पुरुष कैदीबन्दीको चाप बढेसँगै केही महिना अघि ५५ जनालाई स्थानान्तरण गरिएको थियो । चिसो बढेसँगै कारागारमा रहेका कैदीबन्दीमा रुघा खोकीको समस्या देखिएको भए पनि आन्तरिक रुपमा व्यवस्थापन गरिएको उहाँले जानकारी दिनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.